आयुर्वेदिक चिकित्सा पद्धतिको प्रवद्र्धन आवश्यक

पछिल्लाे समाचार

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

कोभिड–१९ सङ्क्रमणको महामारीमा आयुर्वेदिक चिकित्सा पद्धतिको प्रवद्र्धन आवश्यक देखिएको भए पनि यसतर्फ सम्बद्ध निकायको ध्यान पुगेको छैन । कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आयुर्वेदिक चिकित्सा पद्धतिको प्रयोग प्रभावकारी हुँदै गएपछि यस पद्धतितर्फ सर्वसाधारणको आकर्षण बढ्न थालेको छ ।

जनस्तरमा आकर्षण बढेपछि सेवाको प्रवद्र्धनका लागि पर्याप्त बजेट र कार्यक्रमको माग गरिँदै आएको छ तर प्रदेश सरकार मातहतका आयुर्वेद स्वास्थ्य केन्द्रहरुका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा निकै न्यून बजेट छुट्याएको छ । आगामी आव २०७८÷७९ को बजेटमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक आयुर्वेदिक सेवा कार्यक्रमका लागि रु तीन लाख, महामारी रोकथामका लागि रु दुई लाख र केन्द्रको स्तरोन्नतिका लागि रु एक लाख बजेट विनियोजन भएको छ । कोभिड–१९ का सङ्क्रमितको उपचारमा मेहनतका साथ लागेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरको कार्यप्रगतिले समेत यो बजेट र कार्यक्रमले आयुर्वेदिक चिकित्सा पद्धतिको प्रवद्र्धन नहुने तथा सरकारले बेवास्ता गरेझैँ देखिने सरोकारवालाले बताएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरले हालसम्म जिल्लाका ६०० जनाभन्दा बढी कोरोना भाइरसका सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण गरेको छ । सङ्क्रमण व्यापक फैलिएका स्थानमा पुगेर केन्द्रले आयुर्वेदिक औषधि वितरण गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउने, योग, ध्यान, प्राणायम गर्ने, स्थानीय जडीबुटीको प्रयोग गर्नेलगायत विषयमा सङ्क्रमित तथा तिनका आफन्तलाई जानकारी गराउँदै आएको छ । आयुर्वेदिक चिकित्सकको सल्लाहबमोजिम आयुर्वेदिक औषधि सेवन गरेका अधिकांश सङ्क्रमितमा जटिल स्वास्थ्य समस्या देखिएको छैन । अधिकांश सङ्क्रमित सहजै कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । प्रत्येक सङ्क्रमितलाई करिब रु ७०० पर्ने आयुर्वेदिक औषधि वितरण गर्दा केन्द्रसँग रहेको बजेटले भ्याएन ।

“सङ्क्रमणमुक्त गराउन तथा रोग प्रतिरोधात्मक क्षमता बलियो पार्न आयुर्वेदिक औषधिको प्रभावकारिता देखिए पनि स्रोत साधनको अभावले राम्रो सेवा दिन सकेनौँ”, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरका प्रमुख डा सञ्जीवकुमार यादवले भन्नुभयो, “बट्टाको औषधि खरिद गर्दा धेरै मूल्य पर्ने भएपछि सिधै उद्योगबाट औषधि खरिद गरी धेरै सङ्क्रमितलाई पु¥याउने प्रयास ग¥र्यौँ ।” यसरी आयुर्वेदिक औषधि वितरण गर्ने, लक्षित समुदायको रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्यक्रम सञ्चालन गर्ने कुनै पनि योजना तथा कार्यक्रम प्रादेशिक निकायले जिल्लालाई दिएका होइनन् ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण गर्ने भनी गरेको निर्णयका आधारमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले औषधि वितरणलगायतका कार्यक्रम गर्दै आएको हो । “सामाजिक विकास मन्त्रालय र निर्देशनालयले महामारी नियन्त्रणमा यसरी जाने भनेर कार्ययोजनासमेत दिएका थिएनन्”, केन्द्रका प्रमुख डा यादवले भन्नुभयो, “आयुर्वेदिक चिकित्सा पद्धतिलाई जनस्तरमा पु¥याउने समयमै ठोस कार्यक्रम र बजेट प्राप्त नहुँदा प्रभावकारीरूपमा काम गर्न सकिएन ।” आफूहरुले कार्यालयबाट सञ्चालन हुने सेवाका अतिरिक्त महामारी नियन्त्रणमा सघाउ पु¥याउँदै आयुर्वेदिक चिकित्सालाई जनस्तरमा पु¥याउन काम मागेको भए पनि कामविहीन भएर बस्नुपरेको यादवको भनाइ छ ।

बजेट अभावका कारण सबै ठाउँमा औषधि पु¥याउनसमेत नसकिएको केन्द्रका कविराज निरीक्षक खगेन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार केन्द्रले जिल्लाको फिदिम नगरपालिकासहित हिलिहाङ र याङवरक गाउँपालिकाका गाउँगाउँमा पुगेर सङ्क्रमितलाई सेवा दिएको थियो । यस्तै जिल्लाको कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङमा रहेका सेवा केन्द्रले समेत आयुर्वेदिक औषधिसहितका सेवा प्रदान गरेका थिए । “हामीले वितरण गरेका औषधिको सही प्रयोग र स्वस्थ जीवनशैली अपनाउनेमा गम्भीर स्वास्थ्य समस्या देखिएनन्”, कविराज निरीक्षक पौडेलले भन्नुभयो, “तर सबै ठाउँ मागअनुसार औषधि पु¥याउन बजेटले पुगेन ।”

कोभिड–१९ सङ्क्रमणपछि ज्वरो, रुघाखोकी, घाँटी, छाती तथा फोक्सोमा हुने समस्या निदान गर्न आयुर्वेद स्वास्थ्य केन्द्रले शरीरको तापक्रम बढाउने, श्वासप्रश्वास सहज बनाउन मद्दत गर्ने, अक्सिजनको मात्रा बढाउने, पाचन प्रणाली राम्रो बनाउनेजस्ता गुणयुक्त औषधि वितरण गर्ने गरिएको पौडेलले जानकारी दिनुभयो । यी औषधिको नियमित र सल्लाहबमोजिमको सेवाले धेरै सङ्क्रमितले सहजै सङ्क्रमणलाई जितेको अनुभव सुनाउने गरेका छन् । आफूहरुले दिएको सुझावअनुसार जडीबुटीको प्रयोग गर्नेले समेत समस्या भोग्नु नपरेको पौडेलको भनाइ छ ।

जनस्तरमा बेवास्ता गरिँदै आएको आयुर्वेदिक पद्धतिप्रति कोभिड–१९ सङ्क्रमणको महामारीद्वारा सिर्जित कठिनाइमा आकर्षण बढेको भए पनि बजेट र स्रोत साधनको प्रबन्ध नभएसम्म आकर्षणलाई व्यावहारिक प्रयोगमा ल्याउन नसकिने कविराज निरीक्षक पौडेल बताउनुहुन्छ । पाँचथरमा गत वर्षमात्रै इलामसँगको सीमावर्ती राँके बजारबाट सदरमुकाममा सारिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आफ्नै भवन तथा पर्याप्त सवारीका साधन नहुँदा सेवा प्रवाहमा समेत समस्या हुँदै आएको कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका पौडेलले जानकारी दिनुभयो । रासस

Advertisement

लोकप्रिय

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...