बढ्यो भाडा, यातायात व्यवसायी खुशी, सर्वसाधारण चिन्तित

पछिल्लाे समाचार

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...
     	हेटौंडा–सरकारले सार्वजनिक सवारीसाधनको २८ प्रतिशत्सम्म भाडा बढाएपछि देशका यातायात व्यवसायीको ठूलो छाता संस्था खुशी भएको छ । सर्वसाधारण भने चिन्तित छन् ।
	हेटौंडास्थित पुरानो नारायणी यातायात कम्पनी प्रालिका प्रवन्ध सञ्चालक सरोज खनाल व्यवसायीले २०६९ देखि गर्दै आएको माग केही हदसम्म पूरा भएको बताउंछन् । “हामीले २०६९ देखि धेरैपटक आवाज उठाएर सडकको आन्दोलनमै जानुपर्ने अवस्था थियो,” उनले भने–हाल बृद्धि गरिएको भाडादर पनि वैज्ञानिक छैन ।
	“६७ देखि ६९ प्रतिशत्सम्म भाडाबृद्धि हुनुपर्ने थियो, तर २८ प्रतिशत्मात्र बढेको छ,” उनी सन्तुष्ट छैनन् । उनका अनुसार २०६९ सालमा डिजेलको मूल्य प्रतिलिटर ६७ रुपियां थियो । हाल बढेर हेटौंडामा १ सय १२ रुपियां पुगेको छ ।
	यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनको २८ प्रतिशत्, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको २० प्रतिशत् र तराईमा सञ्चालन हुने मालबाहक सवारीसाधनको २६ प्रतिशत् भाडाबृद्धि गरेको हो ।
	यातायात व्यवस्था विभागले भाडादर समायोजन सम्बन्धि गरेको अध्ययनले सार्वजनिक सवारीसाधनको भाडादर बढाउनुपर्ने निष्कर्ष निकालेको थियो । उक्त प्रतिवेदन मन्त्रालयले स्वीकृत गरेसंगै भाडाबृद्धि गरिएको हो । असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले स्वीकृति दिएपछि विभागले सूचना जारी गर्दै भाडाबृद्धि गरेको हो ।
	विभागका निर्देशक रामचन्द्र पौडेलको संयोजकत्वमा भाडादर समयोजन सम्बन्धि अध्ययन भएको थियो । अध्ययन समितिले  प्रतिवेदन तयार पारेर बैशाख १६ गते मन्त्रालयमा पठाइसकेको थियो । महामारीमा भाडाबृद्धि गर्दा आलोचना हुने भन्दै निर्णय हुन सकेको थिएन । प्रतिवेदनअनुसार १३ वटा इन्डिकेटरलाई आधार मानेर भाडा समायोजन गरिएको छ ।
	सवारीसाधनमा काम गर्ने स्टाफको तलब सुविधा, कर, वार्षिक बीमा प्रिमियम, सम्भार/मर्मत खर्च, ब्याजदर, ब्याट्रीको मूल्य ह्रास, अरु खर्च, इन्धन, टायर, लुब्रिक्यान्टलगायत  इन्टिकेटरलाई आधार मानिएको छ । विभागले २०६५ मा फागुनमा पहिलोपटक वैज्ञानिक भाडादर कायम गरेको थियो । पछिल्लोपटक २०६९ सालमा भाडादर समायोजन भएको थियो । विभागका अनुसार २०६५ देखि २०६९ सम्म आइपुग्दा चारपटक भाडादर समायोजन भएको छ । पछिल्लो ९ वर्ष भने वैज्ञानिक भाडादर कायम हुन सकेको छैन । पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई मात्र आधार बनाएर भाडादर बढाउने गरिएको छ ।
	कानुनअनुसार पेट्रोल/डिजेलको मूल्यमा ५ रुपियां तलमाथि भएमा भाडादर समायोजन गर्नुपर्ने हुन्छ । तर, २०६९ देखि हालसम्म त्यसरी भाडादर समायोजन हुन सकेको छैन । भाडादर समायोजन गर्दा ३५ प्रतिशत् पेट्रोलियम पदार्थ र ६५ प्रतिशत् बांकी अवयवहरुलाई आधार मानिन्छ ।
	निर्देशक पौडेलका अनुसार लोकल रुटको भाडादर समायोजनसम्बन्धि अधिकार प्रदेशमा रहेकाले एक प्रदेशबाट अर्को प्रदेशमा जाने ट्रक, सार्वजनिक र अन्य सवारीसाधनको भाडादर समायोजन गरिएको हो । नेपालको संविधान २०७२ को अनुसूची ५ को बुंदा नम्बर २० र अनुसूची ९ को बुंदा १५ का आधारमा नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ९६ को उपदफा (१) बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरी भाडादर समायोजन गरिएको विभागले जनाएको छ । विभागको असार २९ गते बसेको बैठकले भाडादर समायोजन गरेको हो । हालसम्म चढ्नेबित्तिकै १५ रुपियां भाडा तिर्नुपथ्र्यो । अब २८ प्रतिशत् बढाउंदा करिब २० रुपियां तिर्नुपर्छ ।

Advertisement

लोकप्रिय

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...