वडा अध्यक्ष खड्कासहितलाई कारबाहीको सिफारिस

पछिल्लाे समाचार

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

१५ जेठ,जीतपुर- बारा सहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ ।प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन खासै पानी पर्ने सम्भावना...

आइपिएल फाइनल वर्षाले प्रभावित, सोमबार पुन हुने

१५ जेठ,रौतहट : गुजरात र चेन्नईबिच आइतबारका लागि तय भएको इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल वर्षाका कारण प्रभावित भएको छ। १६ औ...

हेटौंडा–नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरमा केन्द्रको प्रभाव परेको छ । नगरपालिका पार्टी कमिटीको शनिबार हेटौंडामा बसेको ३ नेतालाई कारबाहीको सिफारिस गरेको हो ।

बैठकले नगर कमिटी सचिवालय सदस्य तथा हेटौंडा उपमहानगरपालिका १४ नम्बर वडा अध्यक्ष दीपक खड्का, नगर कमिटी सदस्य शालिकराम ढकाल र उत्सव चौलागाईंलाई कारबाहीको लागि जिल्ला पार्टी कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको नगर कमिटी अध्यक्ष तीर्थबहादुर थापामगरले बताए । पार्टी नीतिविरुद्ध गतिविधि गरेकाले उनीहरुलाई कारबाही सिफारिस गरिएको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर पार्टी कमिटीको बैठकअघि श्रद्धाञ्जलीसभा आयोजना गरिएको हो ।

नेकपा माओवादी केन्द्र मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको सभामा पार्टी प्रदेश कमिटी सदस्य ललित घलान, प्रदेश कमिटी सल्लाहकार कौशल पाण्डे, जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन, प्रमिला पुलामी, लक्ष्मी माझी, नगर कमिटी इञ्चार्ज विवेक राई, भगीरथ नेपाल र जीवन गोलेलगायतको आतिथ्यता थियो ।

उनीहरुले नेकपाका संस्थापक कर्माचार्य कहिल्यै पनि पदका पछाडि नलागेको सन्दर्भ कोट्याउँदै कम्युनिष्ट नेता÷कार्यकर्ताले कर्माचार्यको जस्तै आचरण देखाउन सक्नुपर्ने बताए ।

नरबहादुरको जन्म १९८१ साल कात्तिक १४ गते भाइटीकाका दिन बुबा चन्द्रबहादुर कर्माचार्य र आमा श्रीकुमारी कर्माचार्यको कोखबाट भएको थियो । उनी ललितपुर जिल्लाको झपाटोलमा जन्मिएका हुन् ।

कर्माचार्य २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राणाविरोधी आन्दोलन र मजदुर आन्दोलनमा सक्रिय थिए । त्यही क्रममा उनी जेल पर्नुका साथै निर्वासनमा समेत जानुपरेको थियो ।

उनले त्यतिबेला राष्ट्रिय कांग्रेसका नेताहरुलाई मिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । राष्ट्रिय कांग्रेसबाट देश र जनताको पक्षमा केही नहुने रहेछ भन्ने निष्कर्षमा पुगेर अर्को क्रान्तिकारी पार्टी निर्माणमा लागेका कर्माचार्य चिनियाँ जनक्रान्ति र भारतको तेलंना किसान विद्रोहबाट प्रेरित थिए । २००६ बैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने तीन हस्तीमध्ये कर्माचार्य पनि एक थिए ।

पुष्पलाल श्रेष्ठको नेतृत्वमा नारायणविलास जोशी र निरञ्जनगोबिन्द वैद्य र कर्माचार्य मिलेर भारतको कलकत्तामा अवस्थित बडाबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । कम्युनिष्ट पार्टीको गठनपश्चात् उनी मजदुर संगठनका पनि संस्थापक अध्यक्ष थिए । उनी पार्टीले सञ्चालन गरेका बिभिन्न राजनीतिक आन्दोलनमा सक्रियतापूर्वक लाग्दै २०१६ सालमा तत्कालीन ललितपुर नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

उनी २०१९ सालमा तेस्रो महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य निर्वाचित भए । त्यसपछि पार्टी फुट र विभाजनको शृंखला सुरु भएपछि उनीलगायत केही साथीहरु स्वतन्त्र भएर कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनथाले ।

उनले विभाजित समूहहरुलाई एकीकृत बनाउन निरन्तर पहल र प्रयत्न गरे। यही क्रममा चौथो महाधिवेशनमा एकतावद्ध भएर केन्द्रीय सदस्य पनि भए । नेकपा एकता केन्द्र निर्माण हुँदा उनी एकता केन्द्र तदर्थ समिति अध्यक्षसमेत भए । जीवनको अन्तिम समयमा एकीकृत नेकपा माओवादीका संरक्षक भएका कर्माचार्य जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय रहे ।

उनी जीवनभर अविवाहित रहे । नरबहादुर कर्माचार्यको निधन ८९ वर्ष उमेरमा २०७० साउन ९ गते बुधबार काठमाडौंको मोडल अस्पतालमा भएको हो । उनको निधन जण्डिस र निमोनियाका कारण भएको हो ।

Advertisement

लोकप्रिय

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...