काँग्रेस जिताऔं अभियानको पहिलो दिन ७८ जनाले गरे पार्टीमा प्रवेश, मन्त्री सिंहले गरे स्वागत

पछिल्लाे समाचार

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

१५ जेठ,जीतपुर- बारा सहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ ।प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन खासै पानी पर्ने सम्भावना...

आइपिएल फाइनल वर्षाले प्रभावित, सोमबार पुन हुने

१५ जेठ,रौतहट : गुजरात र चेन्नईबिच आइतबारका लागि तय भएको इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल वर्षाका कारण प्रभावित भएको छ। १६ औ...

सर्लाही,फागुन -३०,नेपाली कांग्रेसकाे निर्वाचन लक्षित देशव्यापी अभियान अन्तर्गत ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानकाे पहिलो दिन साेमवार सर्लाहीको घुर्काैली ७८ जना कांग्रेस प्रवेश गरेका छन् ।

हरिवन नगरपालिका अन्तर्गत घुर्कौलीमा विभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा ६ दर्ज बढी नेता कार्यकर्ता प्रवेश गरेका नेपाली कांग्रेस सर्लाहीका नवनिर्वाचित सचिव निरज कार्कीले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
’ अभियान अन्तर्गत पहिलो दिन घुर्कौलीमा भएको कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत पार्टीका नेता कार्यकर्ता आफ्नो पार्टी नेपाली कांग्रेस मा प्रवेश गरेका नेता राम प्रसाद मैनालीले जानकारी दिए । मैनालीका अनुसार हरिवन नगरपालिका–५ को वडा कार्यालय अगाडी चौतारामा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादीका रुदल लामाको नेतृत्वमा सुरेन्द्र घलान, शुक्र बहादुर लोप्चन, परमेश्वर घलान, कामेश्वर महतो, महादेव महतो, अशोक राई, दिवन न्यौपाने सहित दर्जनौं नेता कार्यकर्ता कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।

कांग्रेस हरिवन नगर समितिका सभापति रामशरण उप्रेतीको अध्यक्षता रहेको कार्यक्रममा पार्टीका मधेश प्रदेश समितिका उपसभापति एवम् प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको सचिव कार्कीले जानकारी दिए।
कार्यक्रममा निवर्तमान जिल्ला सभापति एवम् संघीय सांसद् नागेन्द्र कुमार राय, नवनिर्वाचित जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह, जिल्ला सचिव निरज कार्की, नेताहरु रामवली राय, कृष्णदेव यादव लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।नव प्रवेशी नेता कार्यकर्तालाई प्रमुख अतिर्थि सिंह सहित विशिष्ट आतिथीहरुले अबिर र गम्छा पहिर्याएर कांग्रेस पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका उपसभापति एवं मन्त्री सिंहले अब सबैजना एकजुट भएर कांग्रेसलाई सबै स्थानीय तहमा विजयी गराउन आग्रह गरे ।
सबै जातजातीलाई मिलाएर हिड्ने र जनताको सुख दुःखमा सदैव साथ दिने एकमात्र कांग्रेस पार्टी भएको वक्ताहरुको बताएका थिए । कम्युनिष्ट पार्टीहरुले जनतालाई फोस्रा नारा र आश्वासन देखाउने गरेको आरोप लगाउँदै वक्ताहरुले विकासको लहर ल्याउने र काम गरेर देखाउने मुलुकको एकमात्र पार्टी कांग्रेस नै भएको दाबी गरे ।
अर्जुन योञ्जनको सञ्चालन रहेको कार्यक्रममा नव निर्वाचित जिल्ला सभापति सिंह तथा सचिब कार्कीलाई उपस्थित नेता कार्यकर्तालाई माला र खादा पहिर्याएर बधाई तथा सम्मान गरेका थिए ।

Advertisement

लोकप्रिय

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...