चक्रघटा गाउँपालिकामा १५ शैयाको अस्पतालको भवनको शिलान्यास

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...


राधेश्याम कुशवाहा, ०१ चैत्र सर्लाही
सर्लाहीको चक्रघटा गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पतालको भवनको शिलान्यास गरिएको छ । चक्रघटा गाउँपालिका वार्ड न. ५ स्थित पडरिया मा पालिका अध्यक्ष विक्रम यादवले एक कार्यक्रमको बिच भवनको शिलान्यास गरेको हो ।

संघिय सरकारको एक स्थानिय निकाय एक आधारभूत अस्पतालको अवधारणा अन्तर्गत अर्थ मन्त्रालयबाट प्राप्त १९ करोड ८ लाखको लागतमा अस्पताल निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रमा बोल्दै पालिका अध्यक्ष विक्रम यादवले स्थानिय सरकार निर्माण भएको समयमा पालिकाको स्वास्थ अवस्था एकदमै नाजुक रहेको बताउनु्भयो । नेपाल सरकारबाट संचालनमा रहेका स्वास्थ संस्थाहरुमा भौतिक पूर्वाधार, जनशक्ति, स्वास्थ उपकरण, औषधी लगायत सामग्रीको चरम अभाव तथा पुरानो भवनको मर्मत सम्भारको आवश्यकता रहेको थियो ।

हामी निर्वाचित भईसकेपछि आम नागरिकलाई स्वास्थ सेवामा पहुँच बढाउन स्थानिय स्रोत साधनको प्रयोग गरेर सहि समयमा सहि निर्णय लिदै स्वास्थ संस्थालाई परिमार्जित गर्दै औषधी अभाव हुन नदिन स्थानिय बजेटको प्रयोग गरेर सर्वसाधारणलाई स्थानिय सरकारले स्वास्थ सेवा प्रवाह गर्दै आएकोे बताए ।

हामी चुनाव जिते लगत्तै आम नागरिकलाई पहिलो चोटी सम्बोधन गर्दै गर्दा मैले पालिकामा ५ वटा स को सुधार गर्ने प्रतिबद्वता गरेका थियौं । ५ वटा स मा सडक, शिक्षा, स्वास्थ, संचार र सिंचाई रहेका थिए । हाम्रो पालिकाको बिच केन्द्रमा रहेका चक्रघटा बजारबाट जोडिने हरेक वडाका ग्रामिण सडकलाई कालोपत्रे गर्याै । एक वडा एक स्वास्थ चौकीको अवधारणा ल्याएर बाँकी रहेका वडाहरुमा आधारभुत स्वास्थ चौकी निर्माण, स्वास्थ कर्मचारी नियूक्ति गरी आम नागरिकलाई सहज तरिकाले स्वास्थ क्षेत्रमा पहुँचको सुनिश्चिता गरे ।

गुणस्तरिय शिक्षा प्रदानका लागि विद्यालयको भवन, पर्खाल निर्माण, फर्निचर, कम्यूटर र विज्ञान प्रयोगशाला तथा शिक्षकको व्यवस्थापन समेत गरे ।
पालिकाले सिंचाई र संचार क्षेत्रमा संतोषजनक कार्य नगरेपनि विगतको तुलनमा उल्लेखनिय कार्य भएको दाबी गर्नुभयो । यो पालि जनताले साथ दियो भने ५ बर्षमा प्राप्त गरेको अनुभवको सदुपयोग गर्दै विकास हरेक क्षेत्रमा उल्लेखनिय कार्य गरी चक्रघटा गाउँपालिकालाई नुमुना र स्मार्ट गाउँपालिका बनाउने प्रतिबद्वता गरे ।

चक्रघटा गाउँपालिकामा ५ वटा अधारभूत स्वास्थ चौकी र ४ वटा स्वास्थ चौकी संचालनमा रहेका छन । ९ वटा वडा रहेको पालिकामा वार्ड न. ८ औहरी, वार्ड न. ४ सुन्दरपुर र वार्ड न. ९ खोरियामा बर्थिंग सेन्टर संचालनमा रहेका छन, भने वार्ड न. २ भेल्ही मा भवन निर्माण गरी उदघाटनको पर्खाईमा रहेको पालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत लालबाबु प्रसाद साहले जानकारी दिनुभयो ।
पालिकामा अस्पतालको भवन निर्माणका लागि जगदिश प्रसाद यादवले ५ कठ्ठा र प्रदिप राय यादवले ५ कठ्ठा जग्गा दान गरेका थिए । भने प्रेरा एक्सिस एसियन जे.भी जनकपुरले भवन निर्माणका लागि ठेक्का पाएको हो ।

शिलान्यास कार्यक्रममा अवकाश प्राप्त लेखा अधिकृत शिवशंकर प्रसाद कुशवाहा, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका कोषाअध्यक्ष विश्वनाथ ठाकुर, प्रेस काउन्सिल सदस्य बन्दना झा, चक्रघटा बजार व्यवस्थापन समितिका अध्यक्ष रामकैलास राय, समाजसेवी विरेन्द्र यादव, राजनितिककर्मी जयप्रकाश यादव, लेखापाल संजय कुमार ठाकुर लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

Advertisement

लोकप्रिय

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...