सर्लाहीको रामनगरमा जिल्लाकै कान्छो गापा अध्यक्षको रुपमा राजाबाबु निर्वाचित

पछिल्लाे समाचार

राधेश्याम कुशवाहा, २ जेठ ।।सर्लाहीको रामनगर गाउँपालिकामा जिल्लाकै कान्छौ गाउँपालिका अध्यक्षको रुपमा २२ बर्षिय राजाबाबु यादव निर्वाचित भएको छ । उनले आफनो निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार आफनै काका हरिनन्दन प्रसाद साह लाई १७४२ भारी मत अन्तरले पछि पार्दै विजयी भएका हुन ।

निर्वाचित यादवले ४ हजार ८१ मत ल्याएका छन भने उनको निकटतम् प्रतिद्वन्द्वी आफनै काका नेपाली कांग्रेसका उम्मेदवार हरिनन्दन प्रसाद यादवले २३३९ मत प्राप्त गरे । राजाबाबुको रामनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका आफ्नै काकालाई पराजित गरेको छ ।

त्यस्तै रामनगर गाउँपालिकको उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार गिता देवी साहले ३५२३ मत ल्याएर विजयी हुनुभएकी छन । उहाकै निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कोशिला साहले २६३७ मत प्राप्त गरे । राजाबाबु माओवादी नेता शिवपुजन रायका जेठा छोरा हुन् ।

२०७४ सालमा क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएपनि रातो पासपोर्ट काण्डका कारण निर्वाचन आयोगबाट शिव पुजन रायको उम्मेदवारी खारेजीमा परेको थियो । आफनो उम्मेदवारी रद्द भएपछि रायले आफनो छोरालाई माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षको रुपमा अघि सारेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय