आचारसंहिता पालन गराउने उत्कृष्ट ३ केन्द्राध्यक्ष सम्मानित हुने ।।

पछिल्लाे समाचार

मुटु रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

१३ जेठ,बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो वडामा महिनामा २ पल्ट आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत जेठ महिनाको पहिलो शिविरमा निःशुल्क...

वडा अध्यक्ष कार्की द्वारा जनहित उपभोक्ता समितिमा कार्यालय भित्र ट्रस्ट भवनको शिलान्याश

१३ जेठ,सिमरा :पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र रहेको जनहित उपभोक्ता समितिको कार्यालय परिसर भित्र ट्रस्ट भवनको शिलान्याश गरिएको छ ।शनिवार एक...

गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग को फाइनलमा प्रवेश

१३ जेठ,रौतहट : साविक च्याम्पियन गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ।टिमले जारी सिजनको क्वालिफायर-२...

कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी

१३ जेठ,विराटनगर – कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ।कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भावित आन्दोलनलाई ध्यान दिँदै निषेधाज्ञा...

आज २०८० साल जेठ १३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

राधेश्याम कुशवाहा, १४ जेठ ।।जिल्ला परीक्षा समिती, सर्लाहीले माध्यमिक शिक्षा परीक्षामा सबैभन्दा बढी आचारसंहिता पालन गर्ने गराउने ३ केन्द्राध्यक्ष लाई सम्मान गरिने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० सानोठिमी, भक्तपुरको सूचना अनुसार २०७९ बैशाख ०९ गतेदेखि २०७९ बैशाख २० गतेसम्म सञ्चालन भएको २०७८ सालको कक्षा–१० को अन्त्यमा हुने माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि र प्राविधिक) मा सबैभन्दा बढी आचारसंहिता पालन गर्ने गराउने उत्कृष्ट केन्द्राध्यक्ष र परीक्षा केन्द्रलाई सम्मान गर्ने निर्णय गरेको हो ।

सम्मानित हुनेमा जलधर कमलदेव नमूना माध्यमिक विधालय, ब्रह्रमपुरी गापा-१, सर्लाहीका प्रअ/ केन्द्राध्यक्ष रामेश्वर प्रसाद यादव, श्रीमती कृष्णादेवी जनता माध्यमिक विधालय, मलंगवा नपा-९, सर्लाहीका प्रअ/केन्द्राध्यक्ष विन्देश्वर यादव र जनज्योति नमूना माध्यमिक विधालय, लालबन्दी नपा, सर्लाहीका प्रअ/केन्द्राध्यक्ष रामनिवास साह रहेको जिल्ला शिक्षा तथा समन्वय इकाइ निमित्त प्रमुख सुनिल कुशवाहाले बताए ।

छनौटमा परेका उत्कृष्ट केन्द्र र केन्द्राध्यक्षलाई एक कार्यक्रमका बीच कदर पत्र सहित सम्मान गर्ने योजना रहेको बताए ।

जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीको बसेको बैठकले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१०, सानोठिमी, भक्तपुरद्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा(एसईई), २०७८ लाई समिक्षा गर्दै उक्त निर्णय गरेको हो ।

परीक्षाको मर्यादा कायम गर्न नसकेकोले चक्र जनता शहिद गंगा माध्यमिक विधालय, बरहथवा नपा, सर्लाहीका केन्द्राध्यक्ष रामबहादुर राय यादव, मुक्तेश्वर गणेश रामसखी जनता माध्यमिक विधालय, बरहथवा नपा-९, मुर्तिया, सर्लाहीका निरीक्षक कुलदीप ठाकुर, पब्लिक माध्यमिक विधालय, मलंगवा नपा-२, सर्लाहीका निरीक्षक निर्माला झा, महावीर जनता नमूना माध्यमिक विधालय, हरिपुर नपा, सर्लाहीका निरीक्षक लोकेन्द्र चौधरी, जनता माध्यमिक विधालय, लालबन्दी नपा, नवलपुर, सर्लाहीका निरीक्षक अशोक महतो, नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माध्यमिक विधालय, बलरा नपा, डुमरीया, सर्लाहीका निरीक्षकद्वय शंकर राय र राजेश प्रसाद सिंह, जनता माध्यमिक विधालय, धनकौल गापा, हरकठवा, सर्लाहीका निरीक्षक रेखा देवी, गिरधारी राय, विजय कुमार महतो र प्रविण कुमार यादवलाई निलम्बन गरिएको थियोे ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सर्लाहीमा जिल्ला भरका १० हजार ४२१ जना विद्यार्थी सहभागी भए । जसमध्ये ५३३८ जना छात्रा र ५०८३ जना छात्र रहे । जसमा नियमित तर्फ १० हजार ३०१ र ग्रेडवृद्धि तर्फ १२० जना रहेका थिए । जिल्लाका ९५ सामुदायिक र ४३ संस्थागत गरि जम्मा १३८ माध्यमिक विधालयका विधार्थीहरू परीक्षामा सहभागी भएको थियोे । जसमध्ये प्राविधिकधार तर्फका ३०९, खुला विधालयका ५५ र गृहणी विधालयका १८ जना विधार्थीहरू रहेको थियोे ।

जिल्लामा ३६ वटा परीक्षा केन्द्र रहेको थियोे भने प्राविधिकधारको परीक्षा सदरमुकाममा रहेको श्रीमती कृष्णादेवी माविमा सञ्चालन भएको थियो ।

परीक्षामा प्रतिकेन्द्र एक जना केन्द्राध्यक्ष गरि जम्मा ३६ जना केन्द्राध्यक्ष, विधार्थी संख्याको आधारमा ७३ जना सहायक केन्द्राध्यक्ष, ५२२ जना निरीक्षक, १०३ जना परीक्षा सहायक , २१० जना विधालय सहभागी र प्रतिकेन्द्र १५ जना सुरक्षाकर्मी खटाइएको थियोे ।

Advertisement

लोकप्रिय

मुटु रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

१३ जेठ,बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो वडामा महिनामा २ पल्ट आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत जेठ महिनाको पहिलो शिविरमा निःशुल्क...

वडा अध्यक्ष कार्की द्वारा जनहित उपभोक्ता समितिमा कार्यालय भित्र ट्रस्ट भवनको शिलान्याश

१३ जेठ,सिमरा :पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र रहेको जनहित उपभोक्ता समितिको कार्यालय परिसर भित्र ट्रस्ट भवनको शिलान्याश गरिएको छ ।शनिवार एक...

गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग को फाइनलमा प्रवेश

१३ जेठ,रौतहट : साविक च्याम्पियन गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ।टिमले जारी सिजनको क्वालिफायर-२...