सूचनाको हक प्रयोग गर्दा दुव्र्यवहार

पछिल्लाे समाचार

मुटु रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

१३ जेठ,बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो वडामा महिनामा २ पल्ट आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत जेठ महिनाको पहिलो शिविरमा निःशुल्क...

वडा अध्यक्ष कार्की द्वारा जनहित उपभोक्ता समितिमा कार्यालय भित्र ट्रस्ट भवनको शिलान्याश

१३ जेठ,सिमरा :पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र रहेको जनहित उपभोक्ता समितिको कार्यालय परिसर भित्र ट्रस्ट भवनको शिलान्याश गरिएको छ ।शनिवार एक...

गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग को फाइनलमा प्रवेश

१३ जेठ,रौतहट : साविक च्याम्पियन गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ।टिमले जारी सिजनको क्वालिफायर-२...

कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी

१३ जेठ,विराटनगर – कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ।कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भावित आन्दोलनलाई ध्यान दिँदै निषेधाज्ञा...

आज २०८० साल जेठ १३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

कपिलवस्तुको मायादेवी गाउँपालिका भ्रष्टाचारको अखडा भएका समाचार सार्वजनिक नभएका होइनन्, स्थानीय तहको पुनःसंरचना लगत्तै पालिकाका पदाधिकारी र कर्मचारी नेतृत्वहरु भ्रष्टाचार र अनियमितताको जञ्जालमा फसेका, कामकारबाही चुस्त, दुरुस्त नराखेका समाचारहरु कयौंपटक स्थानीय एवम् राष्ट्रिय विभिन्न संचार माध्यमबाट प्रकाशित तथा प्रसारित हुँदै आएका छन् ।

पालिका भित्रका सिमित कर्मचारीको मिलेमतोमा खाजानास्ता, इन्धन खर्चमा अनियमित तवरले राज्यको श्रोतको दोहन हुने गरि खर्च गर्ने गरेको पालिकाकै कर्मचारीको गुनासोको आधारमा पत्रकारले तथ्यपरक सुचनाको माग गर्दै समाचार संकलन गर्न खोजेका थिए । मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्मेश्वर यादव स्वयम्को भ्रष्ट र अनियमित क्रियाकलापका कारण सिङ्गो गाउँपालिका बदनाम बन्न लागेको भन्दै पालिकामा कार्यरत कर्मचारी नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित सबै निकायको ढोका ढकढक्याउन विवश भएका छन् ।

यसैक्रममा गाउँपालिकामा भएका अनियमितता सम्बन्धमा सूचना माग्न पुगेका नेपाल टेलिभिजनका कपिलवस्तु संवाददाता एवम् नेपाल पत्रकार महासंघ का सदस्य बासुदेब बर्मा (अजय)लाई कार्यालय परिसरमै दुव्र्यवहार गरिएको छ ।

पत्रकार बर्माले प्रमुख प्रशासकीय अधिकृत यादवले सूचना माग्दा दुव्र्यवहार गरी सूचना नदिएको बताएका छन् । दर्ता नम्बर ५८१६ रहेको सो आवेदनमार्फत बर्माले तथ्य सूचना नदिएकाले उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

पत्रकार बर्माले गाउँपालिका भित्र आव २०७८/७९ को खाजा, इन्धन खर्च, घरभाडा, विभिन्न तालिममा गरेको खर्च लगायतका खर्चहरुको बारेमा समाचार संकलनका निम्ति सुचना माग गरेका थिए ।

उनले २०७९ असार ३१ मा सुचना माग गर्दै गाउँपालिकाको कार्यालय, प्रशासन कार्यालय र राष्ट्रिय सुचना आयोग समक्ष निवेदन दिएका थिए ।सभार प्रेसपाटी डटकम l

Advertisement

लोकप्रिय