सर्लाहीमा १० अधिकारकर्मी सहित ३ संचारकर्मी सम्मानित ।।

पछिल्लाे समाचार

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

सर्लाहीमा १० अधिकारमकर्मी सहित ३ संचारकर्मीहरु सम्मानित भएका छन । सर्लाहीको मलंगवा नगरपालिकाको आयोजना र मानव अधिकार रक्षक संजाल, सर्लाही लगायत अधिकार क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाका सहकार्यमा आयोजित कार्यक्रम १३ जना व्यक्तिहरुलाई कदपत्र सहित सम्मान गरिएको हो ।

सम्मानित हुनेमा मानव अधिकार तथा समाजिक न्यायका लागि मानव अधिकार रक्षक संजाल, सर्लाहीका संयोजक मुकेश मिश्र, रजनिकान्त झा, महिला अधिकार तथा समाजिक न्यायका लागि देवकुमारी महरा, मानवअधिकार तथा समाजिक न्यायका लािग बुधन साह, दलित अधिकार तथा समाजिक न्यायका लागि राजेश पासवान, मानव अधिकार तथा समाजिक न्यायका अब्दुल अहमद नगमा, मानवअधिकार तथा संचारक्षेत्रका लागि मनोज यादव, संतोष कर्ण र राधेश्याम कुशवाहा, महिला अधिकारकर्मी लक्ष्मी सिंह, रम्भा झा, दिवानी घिमिरे र लक्ष्मी पासवान रहेका हुन ।

जिल्लामा प्रतिनिधि तथा प्रदेश सभाका निर्वाचन शान्त, निष्पक्ष तथा भय रहित वातावरण गराउन सफल सर्लाहीका ३ वटै सुरक्षा निकायका प्रमुख सिडिओ, एसपि र सशस्त्रका डिएसपिलाई समेत सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति, सर्लाहीका सभापति कौशल किशोर सिंह, विशिष्ट अतिथि उपसभापति जितेन्द्र कुशवाहाले फूलको माला, अबिर र दोसल्ला ओढाएर जिल्ला प्रशासन कार्यलय, सर्लाहीका प्रमुख थानेश्वर गौतम, जिल्ला प्रहरी कार्यलय सर्लाही प्रमुख प्रविण पोखरेल, सशस्त्र प्रहरी बल गण हे. १० कविलासी का प्रवक्ता सुमन लामिछाने लाई सम्मान गरेका हुन ।

जिल्ला प्रहरी कार्यलय सर्लाहीका महिला सेलमा पहिलो पटक आएकी महिला प्रहरी निरिक्षक संगिता पाण्डेलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि सभापति कौशल किशोर सिंह, उपसभापति जितेन्द्र कुशवाहालाई समेत संजालका संयोजक मुकेश मिश्रले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सर्लाहीमा मानव अधिकार सम्बन्धि कार्यक्रम तथा अधिकार क्षेत्रमा क्रियाशिल अधिकारकर्मीहरुलाई सम्मान गर्ने कार्यक्रम आयोजनाका लागि आर्थिक सहयोग प्रदान गर्ने मलंगवा नगरपालिकालाई विशेष धन्यावाद दिन चाहेको मानव अधिकार रक्षक संजाल, सर्लाहीका संयोजक मुकेश मिश्रले बताए ।

सर्लाहीमा २० वटा स्थानिय निकाय भएपनि पनि मानव अधिकार सम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालनका लागि अधिकांश तहहरु उदासिन रहेको गुनासो गरे । अन्य कार्यक्रमका लागि लाखौं बजेट छुटयाउने स्थानिय तह मानव अधिकार कार्यक्रमका लागि बजेट अभाव देखाउने गरेको उहाँको भनाई थियो ।

मानवअधिकार रक्षक संजाल, सर्लाहीका सचिव संतोष कर्णले संचालन गरेको कार्यक्रममा सर्लाहीमा मानव अधिकार क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत संचारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

Advertisement

लोकप्रिय

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...