युक्रेनलाई चार लडाकु विमान सहयोग गर्दै पोल्यान्ड

पछिल्लाे समाचार

नारायणहिटी हत्याकाण्डको २२ वर्ष पूरा,वास्तविकता अझै रहस्यमय

१९ जेठ,काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।विक्रम सम्वत् २०५८ साल जेठ...

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

चैत ०३, काठमाडौं । पोल्यान्डले युक्रेनलाई सोभियतकालीन चार मिग लडाकु विमान सहयोग गर्ने भएको छ । योसँगै पोल्यान्ड गत वर्ष रूसले आक्रमण गरेयता किभमा लडाकु विमान पठाउने पहिलो नेटो मुलुक बन्नेछ ।पोल्यान्डका राष्ट्रपति एन्ड्रेजेज डुडाले आउँदा दिनमा यी विमान पठाइने र भविष्यमा थप हस्तान्तरण गरिने बताएका छन् ।

यो कदम युक्रेनको हवाई प्रतिरक्षाका लागि स्वागतयोग्य भए पनि अतिरिक्त जेट विमानहरू युद्धमा निर्णायक हुने अपेक्षा भने गरिएको छैन ।युक्रेनको संसद्की उपसभामुख ओलेना कोन्ड्राट्युकले थप देशहरूले पनि पोल्यान्डको कदम पछ्याउने आशा व्यक्त गरेकी छन् ।

युक्रेनले यसअघि पश्चिमी देशहरूसित एफ–१६ जस्ता आधुनिक लडाकु विमानहरू उपलब्ध गराउन आग्रह गरेको थियो ।बेलायतले युक्रेनी पाइलटहरूलाई नेटोस्तरका विमानको प्रशिक्षण दिइरहेको छ । तर, प्रशिक्षणमा लाग्ने लामो समयका कारण यो दीर्घकालीन विकल्प मात्र हुन सक्ने चेतावनी दिएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि अमेरिकाबाट युक्रेनमा विमानहरू पठाउने विषय अस्वीकार गरेका थिए ।

रूसले गत वर्ष आक्रमण सुरु गर्ने बेला युक्रेनसँग सोभियतकालीन करिब १२० मिग–२९ र एसयू–२७ एस लडाकु विमान भएको अनुमान गरिएको थियो ।पोल्यान्डका राष्ट्रपति डुडाले आफ्नो देशसँग अझै एक दर्जनजति सोभियत युगको मिग–२९ विमान सञ्चालनमा रहेको बताएका छन् । बीबीसीबाट ।

Advertisement

लोकप्रिय