न्युरोड टिम एन.आर.टी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश

पछिल्लाे समाचार

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

१५ जेठ,जीतपुर- बारा सहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ ।प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन खासै पानी पर्ने सम्भावना...

आइपिएल फाइनल वर्षाले प्रभावित, सोमबार पुन हुने

१५ जेठ,रौतहट : गुजरात र चेन्नईबिच आइतबारका लागि तय भएको इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल वर्षाका कारण प्रभावित भएको छ। १६ औ...

१३ चैत,सिमरा : डिफेण्डिङ च्याम्पियन न्युरोड टिम एन.आर.टी १–० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । ‘बी’ डिभिजन क्लब बीरगञ्ज यूनाईटेडसँगको प्रतिस्पर्धामा एन.आर.टीका लागि एक मात्र निर्णायक गोल अशोक थापाले गरे । खेलको २९ औं मिनेंटमा कृतिश रत्नचुन्जुको डिबक्स भित्र निकालेको क्रस पासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए ।

घरेलु दर्शकको समर्थन पाएको बीरगञ्ज यूनाईटेड खेलमा केहि आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरीन पुग्यो । खेलको ४८ औं मिनेंटमा विवेक चौधरी वन भर्सेस वनको स्थितीमा चुक्न पुगे । विवेकको प्रहार गोल पोष्ट नजिकबाट बाहिरीयो ।
पहिलो हाफ नियन्त्रणमा लिएको एन.आर.टी विरुद्ध बीरगञ्जले दोश्रो हाफमा सुधारिएको खेल प्रस्तुत ग¥यो । दोश्रो हाफको शुरुबाटै एन.आर.टी विरुद्ध आक्रामक खेल खेले पनि बीरगञ्जले स्कोर बनाउँन सकेन ।

खेलको ५४ औं मिनेंटमा बीरगञ्जले एन.आर.टी विरुद्ध बराबरी गोल गर्ने आकर्षक अवसर गुमायो । वन भर्सेस वनको स्थितीमा बीरगञ्जका कृपाले गोल गर्न चुके । कृपाले पेनाल्टी एरियाबाट फितलो प्रहार गर्दा एन.आर.टीका गोल रक्षक पुजनहोनाले सहज बचाउ गरे ।
खेलको ७४ औं मिनेंटमा बीरगञ्जले अर्को आकर्षक अवसर गुमाएको थियो । निरज थापा मँगरको क्रस बलमा सागर चौधरीको हेडर बल क्रस बारमा ठोक्किएर बाहिरीन पुग्यो । अन्तिम समयमा आक्रामक खेल खेलेको बीरगञ्जले ८४ औं मिनेंटमा अर्को अवसर गुमायो । निरज थापा मँगरको क्रस पासमा कृपा चौधरीको हेडर बल एन.आर.टीका गोल रक्षकले उत्कृष्ट बचाउ गरे ।

दोश्रो हाफको इन्जुरी समयको अन्तिम मिनेंटमा बीरगञ्जले अर्को अवसर खेर फाल्यो । कृपा चौधरीले किपर समेत बिट गरि सकेको अवस्थामा गोल गर्न सकेनन् । पेनाल्टी एरियाबाट कृपाले गरेको प्रहार गोल पोष्ट नजिकबाट बाहिरीयो । प्रतिष्पर्धात्मक खेलमा एन.आर.टीले पनि केहि आकर्षक गुमाएको थियो जसकारण बीरगञ्ज विरुद्ध जित निकाल्न अन्तिम समय सम्म कडा संघर्ष गर्नु परेको थियो ।

खेलको सातौं मिनेंटमा कृति रत्नचुन्जुको क्रस पासमा अशोक थापाको प्रहार गोल पोष्ट नजिकबाट बाहिरीएको थियो । खेलको ६४ औं मिनेंटमा अशोक थापाले किपर समेत बिट भइसकेको अवस्थामा गोल गर्न सकेनन् । उनको प्रहार बीरगञ्जका डिफेण्डरले गोल लाईनबाट क्लिएर गरेका थिए ।
एन.आर.टीलाई अन्तिम चारमा पु¥याउँन निर्णायक गोल गरेका अशोक थापा खेलको म्यान अफ दिम्याच घोषित भए । उनले दश हजार नगद सहिँत ट्रफि प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत सोमवार सातदोबाटो युथक्लब र हिमालयन शेर्पा विच तेश्रो क्वाटर फाइनल खेल हँुने आयोजकले जनाएको छ ।

Advertisement

लोकप्रिय

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...