आइपिएल: बैंगलोरमाथि लखनउको रोमाञ्चक जित

पछिल्लाे समाचार

२८ चैत,सिमरा : इन्डियन प्रिमियर लिग(आइपिएल) मा सोमबार भएको रोमाञ्चक खेलमा लखनउ सुपरजायन्ट्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई १ विकेटले पराजित गरेको छ।पहिलो इनिङमा फाफ डुप्लेसिस, म्याक्सवेल र विराटकोहली चम्किएको खेलमा दोस्रो इनिङमा मार्कुस स्टोइनिस र निकोसल पुरनले सानदार प्रदर्शन गरेका थिए।

बैंगलोरका कप्तान फाफ डुप्लेसिसले ११५ मिटर लामो छक्का प्रहार गर्दा लखनउका लागि निकोलस पुरनले १५ बलमै ५० रन पुरा गरेका थिए। त्यस्तै हर्षल पटेलले नन स्ट्राइकर को रनआउट गर्ने मौका चकाउँदा बैंगलोरलाई खेल जिताउने अवसर खेर फाले।टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१२ रन बनाएको थियो। उसक लागि ओपनर विराट कोहलीलले ४४ बलमा ६१ रन बनाएँदा कप्तान फाफ डुप्लेसीस र ग्लेन म्याक्सवेलले दोस्रो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए। डुप्लेसीस ७९ रनमा अविजित रहँदा म्याक्सवेलले २९ बलमा ५९ रन बनाएका थिए।

२१३ रनको उच्च स्कोर पछ्याएको लखनउले खराव सुरुवातका बाबजुत अन्तिम बलमा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। लखनउका लागि निकोलस पुरनले १९ बलमा ६२ रन बनाउँदा मार्कुस स्टोइनिसले ३० बलमा ६५ रन बनाए।त्यस्तै, कप्तान केएल राहुलले १८ रन बनाएका थिए।
जितसहित लखनउ ४ खेलमा तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिँदा बैंगलोरको भने यो तेस्रो खेलमा दोस्रो हार हो।

spot_imgspot_img
spot_img

लोकप्रिय