इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स शीर्ष स्थानमा उक्लियो

पछिल्लाे समाचार

११ बैशाख,सिमरा : इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स शीर्ष स्थानमा उक्लिएको छ।आइतबार राति भएको खेलमा चेन्नईले कोलकातालाई ४९ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जीत निकालेकाे हो। पराजित कोलकाताको भने यो लगातार चौंथो हार हो।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २३५ रनको उच्च स्कोर बनाएको थियो। जारी प्रतियोगितामा यो कुनै पनि टिमले बनाएको सर्वाधिक स्कोर हो।चेन्नईका तीन खेलाडीले अर्धशतक प्रहार गरेको खेलमा अजिंक्य रहाणेले २९ बलमा ७१ रनको अविजित इनिङ खेले।

त्यस्तै, डेभन कनवेले ५६ रन बनाउँदा शिवम् दुवेले ५० रन बनाए। त्यस्तै, ऋतुराज गाइकवार्डले ३५ रन बनाउँदा रविन्द्र जडेजाले १८ रन बनाएका थिए।२३६ रनको लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा १८६ रनमा समेटियो। उसका लागि रिन्कु सिंहले ३३ बलमा ५३ रनको अविजित इनिङ खेले।

त्यस्तै, ज्यासन रोयले ६१ रन बनाउँदा नितिश रानाले २७ रन बनाएका थिए। त्यस्तै, सुनिल नारेनले २० रन बनाए।पराजित कोलकाता लगातार चौंथो हारसहित आठौँ स्थानमा रहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय