सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन वडा न ३ द्वारा दोश्रो पटक अण्डा वितरण

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

२९ बैशाख,सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन दोश्रो पटक अण्डा वितरण गरेको छ ।वडा कार्यालयले वडाभित्रका सुत्केरी महिलालाई सुनौला हजार दिनका आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक-एक क्यारेट अण्डा वितरण गरिएको वडाध्यक्ष तारा बहादुर कार्की क्षेत्रीले जानकारी दिए।‘अण्डा वितरण अभियानले वडाभित्रका गर्भवती महिलालाई नियमित गर्भजाँच गर्न उत्प्रेरणा जाग्नुका साथै स्वास्थ्य र पोषणसम्बन्धी सचेतना जगाउन सहज हुन्छ,’ उनले भने, ‘नियमित स्वास्थ्यचौकीमा आएर स्वास्थ्य जाँच गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य तथा पोषणस्थितिमा सुधार आउने विश्वास लिएका छौं वडा अध्यक्ष कार्कीले भने ।’गर्भवती तथा जन्मिने शिशुको पोषणस्थितिमा सुधार ल्याउनका कार्यक्रम प्रभावकारी रहेको र वडाले आउदो दिनमा वडा भित्र रहेका सुत्केरी महिलाहरुको लागि अण्डा लगाएत अन्य पौष्टिक खानेकुरा उपलब्ध गराए झन् प्रभावकारी हुने सुत्केरी महिलाहरुले बताएका छन् ।

‘गर्भवती महिलालाई ‘प्रोटोकल’ अनुसार गर्भ जाँच गर्न आउँदा अण्डा वितरण गर्ने अभियान अन्तर्गत बिहिवार दोश्रो पटक वडाले अण्डा वितरण गरेको छ। ‘गर्भ जाँच तथा संस्थागत सुत्केरी गराउने महिलाको सङ्ख्यामा वृद्धि हुने र दुई वर्षसम्मका बच्चाको वृद्धि अनुगमनमा उल्लेखनीय सुधार गर्नमा सघाउ पुग्ने छ।’

वडा अध्यक्ष कार्कीले ‘पोषणलाई ध्यानमा राख्दै आगामी दिनमा घरमै उत्पादन भएका सागपात तथा पशुपक्षीजन्य खाद्यपदार्थ उत्पादनतर्फ जोड दिनु जरुरी छ,’ उनले भने, ‘आफ्नै घरमा उब्जाउन तथा उत्पादन गर्न सकेको खण्डमा दीर्घकालीन फाईदा पुग्न सक्ने भएकाले अब यतातिर पनि ध्यान दिनु आवश्यक छ।’अभियानले गर्भवतीले नियमित स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने बानीको विकास विश्वास राखिएको छ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ ले बिगत केहि दिन देखि आफ्नो वडाको जनताको लागि बिभिन्न किसिमको प्याकेज ल्याएर वडाको जनताहरुलाई हर्षित पार्दै आएको छ ।’यो भन्दा पहिला वडा न ३ ले किसानको लागि धानको बिउँ,घासको बिउँ,तरकारीको बिउँ उपलब्ध गराएर वडाको जनतालाई कृषि तर्फ उनमुख गरेको थियो भने बिगत १ महिना देखि स्वास्थ्य क्षेत्रलाई मजबूत बनाउनको लागि नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्नु लगाएत नि:शुल्क औषधि समेत बितरण गर्दै आईरहेको छ ।उक्त अण्डा वितरण कार्यक्रमा वडा सचिव अनिल बिश्वकर्मा जनजागरण वनको अध्यक्ष इश्वरी प्रताप लामा लगाएत वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय