पूर्ण खोप जिल्लाको रुपमा घोषणा गर्न रौतहटमा ‘खोजौँ र खौपौँ’ अभियान तिब्र पारिदैं

पछिल्लाे समाचार

आज पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१७ जेठ ,काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै

१७ जेठ,काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश...

आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

१५ जेठ,जीतपुर- बारा सहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ ।प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन खासै पानी पर्ने सम्भावना...

आइपिएल फाइनल वर्षाले प्रभावित, सोमबार पुन हुने

१५ जेठ,रौतहट : गुजरात र चेन्नईबिच आइतबारका लागि तय भएको इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल वर्षाका कारण प्रभावित भएको छ। १६ औ...

०६ जेठ,रौतहट– जिल्लामा खोज र खोप अभियानले तिव्रता पाएको छ । आषाढ मसान्तसम्म रौतहटलाई पूर्ण खोप जिल्लाको रुपमा घोषणा गराउने उद्देश्यका साथ खोजौँ र खौपौँ अभियान चलिरहेको हो ।नेपाल सरकार को पहिलो प्राथमिकतामा रहेका खोप कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयको व्यवस्थापनमा प्रत्येक वडाको ४ देखि ५ स्थानमा गाउँ घर खोप क्लिनिक सञ्चालन भई रहेका छन् । खोप लिन छुटेका १६ महिना देखि ५९ महिना उमेर समुहको बालबालिकालाई खोप दिँदैछ । स्वास्थ्यकर्मीले लगाउनु पर्ने सबै खोप घर घरमा गई दिइरहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरेशप्रसाद यादवले बताए ।

जसका लागि स्थानीय तहले सुलभ सर्वेक्षण लगायत कार्यक्रम समेत सञ्चालनमा ल्याएको प्रमुख यादवले बताए । नियमित खोपको अलावा यो अर्को अभियान भएको हो । पूर्ण खोप सुनिश्चितता बौधीमाई, देवाही गोनाही, परोहा, माधवनारायण, गरुडा चन्द्रपुर, फतुबा विजयपुर र गौर नगरपालिका रहेका छन ।

खोज र खोप अभियानमा जिल्लाका सबै बालकालिका खोप पाएको देखाई सकेपछि मात्र रौतहट पूर्ण खोप घोषणा हुने प्रमुख यादवले बताए । जन्म देखि १५ महिना भित्र सेडुल अनुसारको खोप लिनु पर्ने हुन्छ । उनका अनुसार जिल्लाको नौ स्थानीय तहमा खोप सुनिश्चितता भएको अवस्था छ । सुनिश्चितता भएको ठाउमा पूर्णखोप दिगोपना कार्यक्रम सञ्चालन गरि रहनु पर्दछ।

जसअनुसार ६ हप्तामा रोटा , पोलियो, पिसिभि, डिपिटि, हेपबि, हिबको खोप दिइने छ भने १० हप्ता मा रोटा, पोलियो, पिसिभि, डिपिटि, हेप वि , हिप खोप लगाई सक्नुपर्छ । बालबालिकालाई १४ हप्तामा पोलियो एफ आई पिभि, डिपिटी, हेपबि, हिब खोप दिने हो । ९ महिनामा एफ आई पिभि,पिसिभी,दादुरा-रुवेला, १२ महिनामा जापानिज ईन्सेफलाईटिस र १५ महिनामा दादुरा- रुवेला , टाईफाईट रोगविरुद्धको खोप नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्था मार्फत निशुल्क रुपमा नियमित खोप दिई रहेका छन ।

२०३४ सालमा दादुरा उन्मूलन भएपछि सिन्धुपाल्चोक र धनुषाबाट खोप अभियान शुरु भई हाल ७७ वटै जिल्लामा १३ रोगविरुद्ध १३ खोप चलिरहेको छ ।

Advertisement

लोकप्रिय