१३ जेठ,सिमरा :पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र रहेको जनहित उपभोक्ता समितिको कार्यालय परिसर भित्र ट्रस्ट भवनको शिलान्याश गरिएको छ ।शनिवार एक कार्यक्रमको बीच जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्कीले शिलान्याश गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को ५ लाख र उपमहानगरपालिकाको कार्यालयको ३ लाख को लागतमा जनहित उपभोक्ता समितिको कार्यालय परिसर भित्र ट्रस्ट भवन निर्माण हुन् लागेको जनहित उपभोक्ता समितिको अध्यक्ष अमृतलाल श्रेष्ठले बताए ।शिलान्याश पछि बोल्दै अध्यक्ष कार्कीले आफ्नो वडा क्षेत्र भित्र जनहित उपभोक्ता समितिको कार्यालय न पर्ने भए पनि आफुले उक्त कार्यालयमा तालिम गोस्ती सेमिनार गराना सजिलो हुने उदेश्यले वडा बाट ५ लाख रकम सहयोग गरेको बताएको छ ।निर्माण हुन् लागेको ट्रस्ट भवनमा १५० जना सम्म एकै पटक कुनै कार्यक्रममा सहभागी हुने जनहित उपभोक्ता समितिको अध्यक्ष अमृतलाल श्रेष्ठले बताए ।
उक्त शिलान्याश कार्यक्रममा भिमेश्वर मध्यवर्ती सामुदायिक वन समूहको अध्यक्ष पेशल मुल्मी लगाएत वडा न ३ को इन्जिनियर र जनहित उपभोक्ता समितिको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।