सप्ताहब्यापी कार्यक्रम गर्दै हातेमालो साकोसले मनायो आफ्नो १६ औं स्थापना दिवस

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

२१ जेठ,जीतपुर: सप्ताहब्यापी कार्यक्रम गर्दै जीतपुरसिमरा २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १६ औं स्थापना दिवस शनिवार सम्पन्न भएको छ ।सिमरास्थित आफ्नै कार्यालय परिसर भित्र शनिवार यस संस्थाले आफ्नो १६ औं स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको हो ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी महासँघका सञ्चालक टेकप्रसाद चौलागाइँ,, मधेश प्रदेश साँसद देवनारायण चौधरी, हातेमालो साकोसका पूर्व अध्यक्ष डा. कृष्ण पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सहकारी क्षेत्रका प्रतिनिधि, शेयर सदस्यको उपस्थिती रहेको थियो ।

हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराले आफ्नो स्थापना दिवसको अवसर पारेर एक हप्ता पहिला देखि नै रक्त जांच,दाँत चेक शिविर, आँखा शिविर लगाएत हयांड पाईप जडान जस्ता कार्यक्रम सम्पन्न गरेको थियो ।हातेमालो साकोसले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर बिभिन्न कलेजका छात्र/छात्रालाई नगद रकम सहित पुरस्कृत समेत गरेको छ भने आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई समेत स्थापना दिवस पारेर संस्थाले सम्मान गरेको छ ।३ हजार ८ सयभन्दा बढी सदस्य रहेको संस्थाले अहिले ७० करोड रुपियाँको कारोबार गरेको संस्थाको अध्यक्ष यज्ञ बहादुर आलेले बताएका थिए ।कार्यक्रममा बोल्दै मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले संविधानले परिकल्पना गरेको आर्थिक समृद्धि र समाजवादका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकोले यसलाई प्राथमिकतासहित अघि बढाउन राज्य तयार भएको बताए । अभियानमैत्री सहकारी ऐन आवश्यक भएको बताउदै त्यसका लागि आफुहरुले पहल गर्ने बताउदै सहकारी क्षेत्रको मांग सम्वोधन गर्न आफुहरु बारम्बार प्रदेश सभामा अवाज उठाइरहेको बताए ।संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजीकरण सचिव दीपक भट्टले गरेका थिए । यस बर्षको हातेमालो पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनको बारा सम्वादाता गुरु प्रसाद गौतमलाई प्रदान गरिएको छ ।

Advertisement

लोकप्रिय