२८ जेठ,बारा :बाराको एक जना युवकले आफ्नो क्लिनिकमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।पूर्वमा टिष्टा र पश्चिममा काँगडासहितको भूभाग ग्रेटर नेपालभित्र राखिएको छ । भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को नक्सा राखेको विषय अहिले विवादित बनिरहेको बेला बाराको रुपेश ठाकुरले संचालन गरेको जनता फार्मेसीको आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।
भारतले पहिला देखि नै नेपालको भुमि मिचेको र एकाएक नेपालको भुमि आफ्नो नक्सामा समावेश गर्नु सम्पूण नेपालिको लागि निकै नै दुखद रहेको बेला आफुले आफ्नो डुमरवाना स्थित क्लिनिकमा ग्रेटर नेपालको नक्सा राखेको उनले बताए ।मेडिकल लाईनमा कार्यरत रहे पनि रुपेश ठाकुरले बिगत केहि बर्ष देखि नेपाल संग हुने विभेद लगाएत मधेशी समुदाय माथि हुने दमनको बिरुद्धमा अवाज उठाउदै आईरहेको छ ।

नेपालको भूमिलाई भारतले आफ्नो नक्सामा समावेश गरे पनि नेपाल सरकार चुप लागेर बस्नु न राम्रो भएको र अब आफुहरु मिलेर भारतको हेप्हा प्रवृतिको बिरुद्धमा अवाज उठाउने समेत उनले बताए ।त्यस्तै उनले भारतको हेप्हा प्रवृति बिरुद्ध सबै नेपालीलाई अवाज उठाउन आग्रह समेत गरे ।