रौतहटको मौलापुरमा आमा छोरीको रहस्यमय मृत्यु,हत्या गरिएको परिवारको आरोप

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

१६ असार,रौतहट– रौतहटको मौलापुरमा आमा छोरीको रहस्यमय मृत्यु भएको छ । मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेको रौतहट प्रहरीले जनाएको छ ।आरुहीको शव पङ्खामा झुिन्डएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार मृतक कविताका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन् । कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ । उनको माइतीघर माधवनारायण नगरपालिका–५ मिठुअवा गाउँ हो ।

कविताका बुबा विजयशङ्कर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए । उहाँका अनुसार छोरी र ज्वाइँबीच पटक पटक विवाद हुने गरेको थियो ।

उनले बेलाबेलामा कविताले ज्वाइँ धिरेन्द्र साहले नगद, पलङ, सुनको औँठी र सिक्री माग्ने गरेको बताएको भन्दै दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको हुन सक्ने बताए ।हालसम्म घटनाको मुचुल्का तयार गर्ने काम भइरहेको र माइती पक्षले कुनै जाहेरी नदिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताए ।

Advertisement

लोकप्रिय