२० असार,इटहरी : ईटहरी मुख्य चोकमा ट्रिफरको ठक्करमा परी एकै परिवारको दुई जनाको मृत्यु भएको छ । ट्रिफरको ठक्करले मंगलबार दिउँसो करि ३:४५ मा स्कुटरमा सवार परिवारका आमाछोरीकै मृत्यु भएको हो ।
मृत्युु हुनेमा ३९ बर्षिय आमा सरिता चौधरी र २० बर्षिय अंशु चौधरीको छन् । पश्चिमबाट पुर्व जादै गरेको ना १ क ९१०७ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको थियो ।ठक्करबाट आमा सरिता चौधरीको धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याउना साथ मृत्यु भएको थियो । भने, छोरी अंशुको उपचारका क्रममा बिराट मेडिकल कलेज बिराटनगरमा मृत्यु भएको हो ।
घटनापछि आक्रोसित आफन्त र स्थानीयले ढुङ्गामुडा गरेका थिए । ढुङ्गा मुडा प्रहार गर्दा इलाका प्रहरी कार्यालयका डिएसपी माधब काफ्ले सहित ९ जना घाइते भएका छन् । यस्तै सशस्त्र प्रहरी बलका ७ जना घाईते भएका छन् ।
आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले ३४ थान अश्रुग्यास प्रहार गरेको थियो । आक्रोशित भिडले टिपरमाथी ढुङ्गा मुडा गरेका थिए भने चालकमाथि समेत हातपात गरेका थिए । टिपर चालक सर्लाहीको हरिबन बस्ने अन्दाजी २६ बर्षिय बल बहादुर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।