बाँकेको कोहलपुरबाट पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

२१ असार,बाँके– बाँकेको कोहलपुरबाट पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ परेका छन् ।प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र ६ किलो ८१८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन् ।

डिभिजन कार्यालय बाँकेका वन अधिकृत अजितकुमार कर्णका अनुसार छाला र हड्डी वयस्क पोथी बाघको हो । छालाको लम्बाइ नौ फिट आठ इञ्च रहेको छ । घाँटीमा दुई ठाउँमा गोलीले पारेको प्वाल फेला परेको छ ।बरामद गरिएको हड्डी कतिवटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको कर्णले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ का अनुसार पक्राउ परेका चारै जना दोषी भएको पुष्टि भएमा पाँचदेखि १५ वर्षसम्मको कैद वा पाँच लाखदेखि १० लाखसम्मको जरिवाना अथवा दुवै सजाय हुनसक्ने वन अधिकृत कर्णले बताउनुभयो ।पक्राउ परेका चारै जनाबारे डिभिजन वन कार्यालयले थप अनुसन्धन गरिरहेको छ ।

Advertisement

लोकप्रिय