स्कटल्यान्डलाई चार विकेटले हराउँदै नेदरल्यान्ड्स आईसिसी विश्वकपमा छनोट

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

२२ असार, काठमाडौं : बास डि लिडेको अलराउन्ड प्रदर्शनमा नेदरल्यान्ड्सले आईसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको छ।स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२ दशमलब ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। नेदरल्यान्ड्सको जितमा बास डि लिडेले ९२ बलमा ७ चौका र ५ छक्कासहित १ सय २३ रनको सानदार शतकीय इनिङ खेले। त्यस्तै सकिब जुलफिकर ३२ बलमा ३ चौका र १ छक्कासहित अविजित ३३ रन बनाए।

विक्रमजित सिंह ४९ बलमा ६ चौकाको सहयोगमा ४० रन बनाए। वेस्ली ब्यारेसी ११ र तेजा निडामानिरुले १० रन बनाए। कप्तान स्कट एडवार्ड्सले २३ बलमा ३ चौकासहित २५ रन बनाए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७७ रन बनायो। स्कटल्यान्डका लागि ब्रेन्डम म्याकमुलनले १ सय १० बलमा ११ चौका र ३ छक्काको सहयोगमा १ सय ६ रन बनाए। ओडिआई करियर दोस्रो शतक म्याकमुलनले १ सय ६ बलमा पूरा गरेका थिए।

कप्तान रिचि बेरिंग्टनले ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । टोमस म्याकिन्टोसले २८ बलमा ५ चौकाको सहयोगमा अविजित ३८ रन बनाए। ओपनर क्रिस्टोफर म्याकब्रिडले ३८ बलमा ६ चौकाको सहयोगमा ३२ रन बनाए। क्रिस ग्रेभ्सले १५ बलमा १८ रन बनाए।नेदरल्यान्ड्सका लागि बास डि लिडले १० ओभरमा ५२ रन खर्चिएर ५ विकेट लिए। रायन क्लायनले २ तथा लगेन भान बिकले १ विकेट लिए।

सुपर सिक्स चरणमा स्कटल्याण्ड र जिम्बाब्वेसँग अंक बराबरी भएता पनि नेट रन रेटमा दुवै टिमलाई पछि पार्दै नेदरल्याण्ड्स छनोट भएको हो। तिन वटै टिमको ५ खेल खेल्दा ६ अंक रहेता पनि नेदरल्याण्डले अन्तिममा वाजी मारेको हो। श्रीलंका १ खेल खेल्न बाँकी रहंदा ८ अंक छ। श्रीलंका छनोट भइसकेको छ। तीन महिना पछि अक्टोबरमा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुने सबै १० टिमको टुंगो लागेको हो।
ए।

Advertisement

लोकप्रिय