जीतपुरसिमरा उपमहानगरपालिका द्वारा कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

असार २६ गते । जीतपुर : उपमहानगरपालिका स्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यालय तथा विद्यार्थीलाई जीतपुरसिमरा उपमहानगरपालिकाले सम्मान गरेको छ ।उपमहानगरपालिकाको सभाहालमा मंगलबार सम्मान कार्यक्रमको आयोजना गरेर कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफल भएका बिद्यालय तथा बिद्यार्थीलाई उपमहानगरले सम्मान गरेको छ ।

उपमहानगरपालिका स्तरीय परिक्षामा कक्षा ८ मा जीतपुरसिमरा उपमहानगरपालिका भित्र शत प्रतिशत नतिजा ल्याउन सफल भएका मिसन एकेडेमी उचिडिलाई नगद ५ हजार सहित स्टेशनरी सम्मान र प्रमाण पत्रले जीतपुरसिमरा उपमहानगरपालिकाले सम्मान गरेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाले लिएको कक्षा ८ को परिक्षामा सफल होराईजन स्कूलका बिद्यार्थी अमन कुमार यादवले ३.८५ जिपिए ल्याएर उपमहानगरपालिकामा प्रथम स्थान हासिल गरेकोमा उनलाई १२ हजार नगद सहित स्टेशनरी र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

पाथिभरा अंग्रेजी स्कूलकाका बिद्यार्थी संदेश घिमिरे ,सेन्ट जोन्स एकेडेमीका रोहित कुमार पटेल र बारा एकेडेमीका निसिका बस्नेतले सम्मान ३.७८ जिपिए ल्याएर दृतिय स्थान प्राप्त गरेकोमा जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल,उपप्रमुख भोला अधिकारि,शिक्षा शाखा प्रमुख शिवजी प्रसादले संयुक्त रुपमा बिद्यार्थीहरुलाई सम्मान गरेको छ ।

त्यस्तै सामुदायिक बिद्यालय तर्फ नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय सिमराको इसा थापा मगरले ३.५ जिपिए ल्याएर प्रथम भएकोमा उनलाई नगद ५ हजार सहित उपमहानगरले सम्मान गरेको शिक्षा शाखा अधिकृत हरिश भट्टराईले बताउनु भयो ।बिक्रम आधारभूत बिद्यालय बसतपुरका प्रशान्त सहनीले ३.४८ जिपिए ल्याएर दोश्रो स्थान प्राप्त गरेको छ भने जनजागृति माध्यमिक बिद्यालय सखुवघाट्टका सुशील कुमार पटेलले ३.३८ जिपिए ल्याएर तेश्रो स्थान प्राप्त गरेको शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख शिवजी प्रसादले बताउनु भयो ।

सम्मान कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले उपमहानगरले लिएको कक्षा ८ को परिक्षामा ६८ वटा बिद्यालय मध्य सात प्रतिशत नतिजा ल्यान सफल भएका बिद्यालय र उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई अहिले पुरस्कृत गरिएको र भोलि जेतापुरसिमरा उपमहानगर भित्रका उत्कृष्ट शिक्षालाई सम्मान गर्ने कार्यक्रम रहेको बताउनुभयो ।त्यस्तै उहाँले सम्मानको कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने बताउनु भयो ।सम्मानले अरू शिक्षक विद्यार्थी र विद्यालयहरूलाई उत्कृष्ट हुन प्रतिस्पर्धामा ल्याउन सक्ने उपमहानगरपालिकाको अपेक्षा रहेको छ ।

शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख शिवजी प्रसादको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगरउपप्रमुख भोला प्रसाद अधिकारीले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षा शाखा अधिकृत हरिश भट्टले गर्नु भएको थियो । उक्त सम्मान कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १६ को वडाअध्यक्ष हरिदेव खरेल बिभिन्न बिद्यालयका शिक्षक,शिक्षिका लगाएतको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय