रौतहटमा खुल्याम तस्करी मौलाउदै, सुरक्षामा खटिएका प्रहरी सेटिङमा ब्यस्त

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

२१ साउन अमित ठाकुर ।  रौतहट। रौतहटमा अवैध कारोबार तस्करी नियन्त्रण गरिनुको साथै झन तीव्र रुपमा बढ्दै गएका छन ! प्रदेश र प्रतिनिधि सभाको निर्वाचन संपन्न भए लगतै अवैध रुपमा हुने कारोबार तस्करी तथा रक्सी भट्ठी खुलेयाम संचालनमा आएका हुन ! सीमावर्ती भारतीय बाजार बैरगनियाबाट मुख्य नाका भएर प्रहरीको संरक्षणमा खुलेयाम भारतीय टेम्पो मार्फत भारतीय सामानहरु नेपालमा भित्रयाइने कार्य भई रहेको हो !

भन्सार कार्यालयको मुख्य गेटमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान र भन्सार कार्यालयका कर्मचारीहरुले लाइन दिएपछि नेपाल भारत सीमामा निर्माण भएका पक्की पुलको दक्षिण तथा भारतीय कस्टम देखि उत्तर विच ठाउमा ल्याई राखिएको सामान गौर बाजारमा ल्याउने गरिन्छ ! गौर भन्सारमा केही महिना पहिला लक्ष्मीपुर देखि बंकुल सम्म प्रमुखको जिम्मेवारी सम्हालेका शस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक शुर्य तिमिल्सिना केही महिना नाकामा कडाइ गरेता पनि अहिले चोर नाकाहरुबाट धमाधम लाईन खोलाई तस्करी बढेको स्थानीयले बताएका छन्।

गौर भन्सारबाट तथा चोर नाकाहरुबाट तस्करी नियन्त्रण गर्न भन्सार सुरक्षा गार्डको कमान्ड प्रहरी सहायक निरिक्षकको थियो । तर तस्करी नियन्त्रण नहुँदा प्रहरी नायव निरिक्षक सिकेन्द्र साहको नेतृत्व हुँदा पनि तस्करी नियन्त्रण नभई झण बढेको स्थानीयहरुले बताएका छन्। सदरमुकाम गौरको छेउमै रहेको महादेवपट्टी भन्दा पश्चिम लालबकैयाको केरावारीबाट लाखौं मुल्य बराबरको कपडाको तस्करी भइरहेको बुझिएको हो। भने भारत बिहार राज्यको रौतहट संग सिमा जोडिएको बैरगनियाकी कुख्यात तस्कर किरण भन्ने आईमाईले नेपाल प्रहरी र शस्त्र प्रहरीको आन्तरिक सेटिङ्गमा लाखौंको तस्करी गरिरहेको स्थानीयले बताए। गौर भन्सारको मेन नाकामा सिसिटिभी क्यामेरा जडान पश्चात् सुरक्षाकर्मीहरुले मेना नाकामा कडाइ गरी तस्करहरुका लागि चोर नाकाहरु सुचारू गरेका छन्।

भने गौरको पुर्व रहेको लक्ष्मीपुर बेलबिक्षवा,अौरैया,महुलिया,बन्जरहा जस्ता खुला नाकाहरुबाट राज्यको कर छलेतापनि खुला सिमानामाबाट खुल्याम तस्करी रौतहटको जिल्लाको गौर भन्सार नाकाबाट बेलाबेलामा सानोतिनो तस्करी भई रहदा पनि ठुल-ठुला तस्करका लागि सुरक्षाकर्मी कै सेटिङ्गमा चोर नाकाहरु रात्रीका लागि खुला गरिए नाम नलेख्ने सर्तमा बताएका छन्। बोर्डरमा भारतीय सिमा सुरक्षा बलका जवान तथा कस्टम कार्यालयका कर्मचरिहरु ड्यूटी गरिरहन्छन तरपनि तस्करी कार्यमा समलग्न भएको तस्करहरुले भारतका प्रहरी प्रसाशनको प्रमुख तथा नेपालका प्रहरी प्रसाशनको ठूला बड़ा हाकिमलाइ मिलाएक‍ो कारण तस्करी खुल्याम भईरहेको स्थानीयले बताउँछन् ।

रौतहटको राजपुरमा प्रत्येक हप्ताको दुईदिन सयौंको संख्यामा राङ्गा कहाँबाट आउँछन् ? भने रौतहटकै पश्चिमी नाका रामपुर खापबाट शेख नुरसैदले चिनी,रजनिगंधा र नेपालमा प्रतिबन्धित सागर दुधको तस्करी गर्ने गर्दछन् भने शेख असरफ भारतीय अौषधी, चिनी, र राजनिवास कुट्काको तस्करी गर्ने गर्छन् । बरकत मंसुरी, शेख लम्बु, कान्छा भन्ने ब्यक्तिले तस्करीको मामिलामा मधेस प्रदेशमै प्रचलीत रहेको र नुन देखि सुनसम्मको कारोबार गर्ने गरेको स्थानीयले बताएका छन्।

भने ज्याउल मंसुरी र शेख इन्ताजुल दुवै जना रौतहटकै मोतीपुर नाकाबाट राङ्गा,भैंसी गोरु र कपडाको तस्करी गर्ने गर्दछन्। रौतहटको पश्चिमी नाका जितेन्द्र साहले रुपैयाँको हुण्डी र प्रतिबन्धित अौषधीको खुल्याम तस्करी गरिरहेको नाम नखोल्ने सर्तमा बताएका छन। भने बंकुल नाकाबाट भारतीय तोरीको पिना ट्रक कै ट्रक तस्करी गरि मधेस प्रदेशको ८ अोटै जिल्लामा नेपाली बिलबिजक बनाई सपलाई गर्ने गर्छन्। भारतको बिहार सरकारले रक्सी उत्पादन र विक्रीमा पूर्ण प्रतिबन्ध लगाएको अवस्थामा नेपालवाट सुरक्षाकर्मीको संरक्षणमा शौफी नामक रक्सी र ब्रान्डेड रक्सी तस्करी गरि लैजाने कार्य भइरहेका छन !

रौतहटमा नेपाल प्रहरी र शस्त्र प्रहरीको केही मात्रामा सादा पोसाकमा घुम्ने प्रहरीले झन रौतहटमा तस्करी गराई रहेको र देश आर्थिक संकट संग जुद्धि रहेको बेला राज्शव चुहावटमा कुनै कसर बाँकी नछाडेको स्थानीयले बताएका छन्। रौतहट जिल्ला तस्करीमा पुरै बदनाम रहेको हुँदा शस्त्र तथा जनपदका प्रहरी प्रहरी तस्करी नियन्त्रणमा जोड दिएपनि १ दुई महिना कट्दा पुणह पुरानै ढाँचामा तस्करी झण बढाउने र सर्वसाधारणलाई दुख दिने गरेको स्थानीयहरुले बताएका छन्।

दशगजा क्षेत्रमा रक्सी भट्ठी सञ्चालन रहेको अवस्थामा पनि रौतहटका स्थानीय प्रसाशनले कुनै चासो देखाएका छैन ! भारतीय सिमा क्षेत्रबाट ५ सय मीटर भित्रमा रक्सी विक्री वितरण तथा उत्पादन गर्न प्रतिवंध लगाइएको सुचना सार्वजानिक गरिए पनि त्यसको पूर्ण कार्यान्वयन भएको देखिँदैन ! बोर्डर छेउमा रहेको रक्सी पसलहरुमा प्रती दिन पिकअप भरी बोर्डरमा रहेको सो पसलहरुमा पुग्ने गर्छन् तर सोही रक्सीहरु रात्रीकालिनमा सुरक्षाकर्मीहरुको सेटिङ्गमा भारतको विभिन्न राज्यमा पुग्ने गरेको स्थानीयले बताएका छन।

Advertisement

लोकप्रिय

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...