घरेलु टोली वेस्ट इन्डिजसँगको तेस्रो टि–२० मा भारत ७ विकेटले विजयी

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

२४ साउन ,काठमाण्डौ : वेस्ट इण्डिजविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा पाहुना टोली भारत ७ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा वेस्ट इण्डिजले दिएको १ सय ६० रनको लक्ष्य भारतले १७.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि सूर्यकुमार यादवले आक्रामक ब्याटिङ गरे ।

४४ बलको सामना गरेका उनले १० चौका र ४ छक्कासहित सर्वाधिक ८३ रन बनाए । यस्तै, तिलक वर्माले ३७ बलमा ४ चौका र १ छक्काको मद्दतमा अविजित ४९ रनको पारी खेले । यस्तै, कप्तान हार्दिक पाण्ड्याले अविजित २०, शुभमन गिलले ६ र यशस्वी जैसवालले १ रन जोडे । वेस्ट इण्डिजका लागि अल्जारी जोसेफले २ र ओबेद म्याककोयले १ विकेट लिए । गयानास्थित प्रोभिडेन्स स्टेडियममा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनायो ।

उसका लागि ब्रेण्डन किंगले ४२, कप्तान रोभम्यान पावेलले अविजित ४०, कायल मेयर्सले २५, निकालेश पूरनले २० र जोनसन चार्ल्सले १२ रन बनाए । भारतका लागि कुलदीप यादवले ३, मुकेश कुमार र अक्षर पटेलले १/१ विकेट लिए ।यो जितपछि भारत सिरिजमा जीवितै रहेको छ । ऊ पहिलो र दोस्रो खेलमा क्रमशः ४ रन र २ विकेटले पराजित भएको थियो । भारत र वेस्ट इण्डिजबीचको चौथो खेल शनिबार हुनेछ ।

Advertisement

लोकप्रिय