आजको मौसम : कोशी, बागमती र गण्डकीका केही भागमा भारी वर्षा हुने

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

३ भदौ ,काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ।  साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश सहित देशका पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम  प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी  प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागको  केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी  प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेकाले यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Advertisement

लोकप्रिय