एसियाकप क्रिकेट आजदेखि सुरु हुँदै,उद्घाटन खेलमा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुदैं

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

१३ भदौं,काठमाडौँ– एसियाकप क्रिकेट आजदेखि सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा सुरु हुनेछ ।नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो ।

नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो । तर, पाकिस्तानले भने दुई पटक एसिया कपको उपाधि जितेको छ ।गत अप्रिल–मेमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि उचालेर नेपाल एसिया कपमा छनोट भएको हो ।यूएई र हङकङ सम्मिलित प्रतियोगितामा नेपाल च्याम्पियन भएर प्रतियोगिताका लागि छानिएको हो । यसअघिको एसिया कपमा युएई र हङकङले खेलेका थिए ।

नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानी टोलीको कप्तानी भने बाबर आजमले गर्नेछन् ।पाकिस्तान आईसीसी एकदिवसीय वरियतामा शीर्ष स्थानमा छ । त्यस्तै भारत तेस्रो स्थानमा छ भने नेपाल वरियतामा १५ औँ स्थानमा छ ।६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।भदौ ३१ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतबीचको खेल भदौ १८ गते श्रीलंकाको कान्डीमा हुनेछ ।

Advertisement

लोकप्रिय