नेकपा एमालेको सचिवालय बैठक आज सुरु हुँदै

पछिल्लाे समाचार

१३ भदौं,काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज सुरु हुँदैछ । बैठक चौथो महाधिवेशनस्थल सिरहाको धनगढी नगरपालिका–१४ सर्रे अम्बासमा बस्न लागेको हो ।भदौ ९ गतेबाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आज सुरु हुन लागेको हो ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरुलगायत पदाधिकारी, लेखा र अनुशाषन विभागका प्रमुखहरु बैठकमा सहभागी हुने छन् ।एमालेले सो स्थानलाई ‘कम्युनिष्ट आन्दोलनको ऐतिहासिक स्थल मानेकाले सिरहालाई बैठकस्थल चयन गरेको जनाएको छ ।सोही ठाउँमा २०४६ सालमा तत्कालीन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन भएकाे थियाे । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय