वीरगञ्जको बाल सुधारगृह रातभर तनावग्रस्त,११ जना कैदी घाईते

पछिल्लाे समाचार

चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई पराजित गर्दै सिमरा भेट्रान क्लब फाईनलमा प्रवेश

११ असोज, बारा : आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको...

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

०६ असोज, काठमाण्डाै - भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट २ जना पक्राउ

०६ असोज, बारा - बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबै जनालाई जिल्लाको...

आजको मौसम: कोसी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना

०६ असोज, काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।...

आज २०८० साल असोज ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

२७ भदौं, बिरगंज : पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृह रातभर तनावग्रस्त बन्यो । बाल कैदीबन्दीले तोडफोड र प्रहरीमाथि समेत ढुंगामुढा गरेका हुन् ।बालसुधार गृहमा झडप हुदाँ ११ जना कैदीसहित ३ जना प्रहरी समेत घाईते भएको छ ।

मंगलवार राति करिब ८ बजे बालगृहमा रहेका बाल कैदीबन्दीहरुबीच आपसमै विवाद भएको थियो । विवाद चर्केपछि केहि बाल कैदीबन्दीहरुले तोडफोड र ढुंगामुढा सुरु गरे । गएराति बाल सुधार गृहमा रहेका कैदिहरूबीच आपसी विवाद भएपछि तनाब उत्पन्न भएको पर्सा प्रहरीका उपरीक्षक कोमल साहले बताए । उनका अनुसार आक्रोशित कैदीहरूले सुधारगृहमा तोडफोडसमेत गरेका छन् । अहिले स्थिति सामान्य बनिसकेको उनले बताए ।

भक्तपुरबाट आएका कैदी र यहाँका कैदीबीच विवाद भएको कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बताए । यसअघि यही भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पनि तनाव भएको थियो । एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच त्यहाँबाट केही कैदीबन्दीहरू भागेका थिए ।त्यसपछि भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा पठाइएको थियो ।

ड्युटी खटेका प्रहरीलाई भित्र प्रवेश गर्नै नदिएपछि पर्साका एसपी कोमल शाह आफैँ ठूलो संख्यामा प्रहरी लिएर त्यहाँ पुगेका थिए ।प्रहरी भित्र पसेपछि कैदीबन्दीहरुले पत्रकारलाई बोलाउन आग्रह गरेका थिए । त्यसपछि पुगेका पत्रकारहरुसँग बाल कैदीबन्दीहरुले बासी खाना खुवाउने गरेको, यातना दिने गरेको, गलत कुरा गर्दा पनि बोल्न नदिएको जस्ता गुनासा गरेका छन् ।पर्साका प्रहरी प्रमुख एसपी शाहका अनुसार सुधार गृहमा अहिले १४९ बाल कैदीबन्दी छन् ।

Advertisement

लोकप्रिय