१२ कार्तिक, बारा – बारामा माेटरसाइकल दुर्घटनामा परि शनिवार बिहान एक जनाको मृत्यु भएको छ । ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भइ इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
निजगढ नगरपालिका-८ बाट जितपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा सुनारकाे माेटरसाइकल दुर्घटना भएकाे हाे ।टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उहाँकाे उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा ज्यान गएकाे हाे । घटना बारे ठप्प अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।