गाउँपालिका अध्यक्ष उम्मेदवारी दिएका मुसहर अभियन्ता राजकुमार महतो विजयी

पछिल्लाे समाचार


राधेश्याम कुशवाहा, ०४ जेठ सर्लाही।।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएको छ । नेपाली कांग्रेसकाअध्यक्ष पदका उम्मेदवार तथा मुसहर अभियन्ता राजकुमार महतोले ३९९५ मत ल्याएर विजयी भएको छ भने उपाध्यक्षमा गीता देवी महतोले ३८६० मत ल्याएर विजयी भएकी छिन ।

महतोकाका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदरवार लोकेन्द्र मुखियाले ३५३६ मत प्राप्त गरे भने उपाध्यक्षमा गीता देवीको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार मन्जु देवीले २९५८ मत प्राप्त गरेकी चन्द्रनगर गाउँपालिकाका सहायक मतदान अधिकृत मदन बहादुर थिङ्गले जानकारी दिए ।

भोर नेपालको संस्थापक अध्यक्ष रहनुभएका समाजिम अभियन्ता राजकुमार महतो विगत लामो समयदेखी जनस्वास्थ्य र मुसहर समुदायको क्षेत्रमा काम गर्दै आएको थियो । राजनीतिक बाहिर रहेर समाजिक समस्याको रुपमा रहेका ठूलो घाउमा मलहम लगाउने काम मात्र गर्न सकिने भएकाले समाजको समृद्धि, विकास तथा स्थायी परिवर्तनका निमित्त नेपाली कांग्रेसमा प्रवेश गरे ।

समाजलाई परिवर्तनका लागि राजनीतिक एक प्रमुख अस्त्र रहेको र बाहिर रहेर समाजलाई समयमै परिवर्तन गर्न गार्हो भएको विगतको अनुभवले उहाँलाई राजनीतिक तिर ताने ।

पहिलो सुरुवातमै आफनो मातृभुमी रहेका चन्द्रनगर गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने सपना बोकेर गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका महतो पहिलो पटकमै गाउँपालिका अध्यक्षमा भारी बहुमतले विजयी हुन सफल भए ।

spot_imgspot_img
spot_img

लोकप्रिय