अनुतिर्ण भएका परीक्षार्थीलाई पनि नियुक्ति दिनुपर्ने दवाव पछि गौरीशंकर माविको नतिजा रोकियो

पछिल्लाे समाचार

२६ जेठ,बारा : बाराको निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयमा कर्मचारी भर्नाको लागि परिक्षा लिईएको थियो तर सो परिक्षाको नतिजा भने एक साता बिति सक्दा पनि प्रकाशन हुन सकेको छैन ।

साता अघि लिएको परीक्षाको परीक्षाफल सार्वजनिक गर्न ढिलासुस्ति भएपछि जनताहरुले विभिन्न शङ्काहरु गर्न थालेको छ । कर्मचारी भर्नामा बाह्य दवाव परेपछि विद्यालयले परीक्षा लिएको १ सातासम्म पनि परीक्षाफल सार्वजनिक गर्न नसेको हो । सुब्बा स्तरको २ जना कर्मचारी भर्नाको लागि भनेर विद्यालयले २ महिना अघि सूचना निकालेको थियो । विद्यालयले पुस्तकालय र प्रशासनमा काम गर्ने गरी कर्मचारीको माग गरेको थियो जसअनुसार १० जनाले दरखास्त दिएका थिए तर शुक्रवार भएको परीक्षामा ७ जना मात्रै परीक्षामा सहभागी बनेका थिए ।

स्रोतका अनुसार विद्यालय व्यवस्थापन समितिलाई अनुतिर्ण भएका परीक्षार्थीलाई पनि नियुक्ति दिनुपर्ने दवाव बढेपछि परीक्षाफल प्रकाशित हुन नसकेको हो । तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एंव वडा नम्बर ८ का वडा अध्यक्ष सुर्ण लामाले भने कुनै दवाव र प्रभावले परीक्षाफल नरोकिएको बताउनुभएको छ । उहाँले विद्यालयमा थप कर्मचारी पनि आवश्यक भएको र त्यसको लागि परीक्षा लिएर सबैको परीक्षाफल एकैपटक प्रकाशित गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

उहाँले २-३ दिनभित्र परीक्षाफल प्रकाशित हुने पनि बताउनुभयो । यता स्रोतका अनुसार भनेका छन, अध्यक्ष ज्युको नजिकको व्यक्तीको पनि दरखास्त परेको छ र परिक्षामा वहाँ लगायत सबै अनुतिर्ण भएकाले बिभिन्न वहानामा रोकिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय