सनराईक युथ क्लबलाई हराउँदै बिरगंज युथ एकेडेमी लोहसण्डा गोल्डकपको फाईनलमा प्रवेश

पछिल्लाे समाचार

अखिलेश कुमार यादव।बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-८ लोहसण्डामा जारी प्रथम लोहसण्डा गोल्डकपको फाईनलमा बिरगंज युथ एकेडेमी प्रवेश गरेको छ ।आयोजक सनराईज युथ क्लबलाई २-१ ले पराजित गर्दै बिरगंज युथ एकेडेमी फाईनलमा प्रवेश गरेको छ ।बिरगंज युथ एकेडेमीका खेलाडी अमित बछारले खेल सुरु भएको ३ मिनेटमै पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको थियो ।

बिरगंज युथ एकेडेमीका सुजल डङोलले अर्को गोल गर्दै आफ्नो टिमलाई २ गोलले अग्रता दिलाएको थियो ।खेलको ६५ औं मिनेटमा आयोजकको तर्फ बाट सन्दीप यादवले गोल गर्दै आफ्नो टिमलाई १-२ को अवस्थामा पुर्याएको थियो।आयोजक समराईज युथ क्लबका खेलाडीले गोल गर्ने थुप्रै मौका पाएको थियो तर लगातार बिरगंज युथ एकेडेमीका गोलरक्षकले आयोजकको गोलप्रहारलाई रोके पछि आयोजक पराजित हुन पुगेको हो ।

२-१ ले जीत निकालेको बिरगंज युथ एकेडेमी शनिवार फाईनलमा बिरगंज सिटी एफसी संग उपाधिको लागि भिडने छ ।बिरगंज युथ एकेडेमीका अमित बछार म्यन अफ द मैछ घोषित भए उनलाई जीतपुरसिमरा उपमहानगरपालिका-८ का वडाध्यक्ष शिवशंकर प्रसाद महतोले नगद १५ सय सहित मेडल र शिल्ड पुरस्कार प्रदान गरेको थियो ।

शनिवार बेलुका ३ बजे लोहसण्डाण मैदानमा बिरगंज सिटी एफसी र बिरगंज युथ एकेडेमी उपाधिको लागि एक आपसमा भिडने छ ।प्रथम लोहसण्डा गोल्डकपको बिजेताले नगद ८० हजार उपबिजेताले नगद ४० हजार धनराशि पुरस्कार पाउने आयोजक सनराईक युथ क्लबका सचिव कृष्ण कुमार सिंहले बताए।प्रतियोगिताको मुख्य सहयोगीको रुपमा जीतपुरसिमरा उपमहानगरपालिका वडा न ८ को कार्यालय रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय