चीनले नेपाली भूमि अतिक्रमण गरेको सम्बन्ध मा सरकार मौन किन ?

पछिल्लाे समाचार

भैरहवा। चीनले नेपालको भूमि अतिक्रमण गरेकोप्रति नेपाल सरकार मौन किन भन्दै नागरिक समाजका अगुवाहरुले प्रश्न गरेका छन् । चीनद्वारा नेपालका विभिन्न भुभाग अतिक्रमणमा परेकोले यसप्रति सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका छन् ।

नागरिक समाज, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको चीनद्वारा नेपालको भूमि अतिक्रमण सम्बन्धमा नेपाल सरकार मौन किन ? विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अगुवाहरुले भूमि अतिक्रमण जुनुसकै मुलुकले गरे पनि त्यो गलत भएको बताएका छन । भारतले सीमा अतिक्रमण गर्दा चर्को आवाज उठाउने तर चीनले भूमि अतिक्रमण गर्दा चुप लागेर बस्ने प्रवृत्ति ठीक नभएको बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले राष्ट्रियताको सवालमा सबै एकजुट हुनुपर्ने बताएका छन । उनले भने, ‘भारतले सीमा अतिक्रमण गर्दा बोल्छौ, त्यो ठीक छ तर चीनले अतिक्रमण गर्दा पनि त्यसकाविरुद्ध आवाज उठाउनुपर्छ ।’ नेता गुल्जारीले नेपालले भारत र चीन दुवैसंग राम्रो सम्बन्ध स्थापित गर्नुपर्ने बताएका छन ।

त्यस्तै नेता तथा सामाजिक अगुवा राजेन्द्र गुप्ताले सत्यको पक्षमा बोल्नुपर्ने बताएका थिए । उनले चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा आवाज उठाउनुपर्नेमा जोड दिएका छन ।
समाजसेवी आनन्द प्रसाद गुप्ताले सीमा अतिक्रमणका विषयमा राजनीतिक दलका नेता तथा सरकार गम्भिर हुनुपर्ने बताएका छन । युवा नेता महेन्द्र गुप्ता (प्रशान्त)ले सीमा अतिक्रमण गलत कार्य भएको बताएका छन ।
नागरिक अगुवा अखिलेन्द्र पाण्डेले चीनले सीमा अतिक्रमण गर्दा आवाज उठाउनुपर्ने बताएका थिए । त्यस्तै विश्वनाथ रायले सीमा विवाद समाधान गर्न सरकार संग आग्रह गरेका छन । समाजसेवी प्रेमनाथ शुक्ला, सरिता श्रीवास्तवले भूमि अतिक्रमणविरुद्ध आवाज उठाउनुपर्ने बताएका थिए । राजेन्द्र गुप्ताको अध्यक्षता, ओमप्रकाश यादव (गुल्जारी)को प्रमुख आतिथ्यता तथा महेन्द्र गुप्ता (प्रशान्त)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय