वडा अध्यक्ष झाले “छोरी संरक्षण” कार्यक्रम अन्तर्गत १५ जना बालिकालाई गरे आर्थिक सहयोग

पछिल्लाे समाचार

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरी का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले घोषणा तथा शुभारम्भ गरेको “छोरी संरक्षण” कार्यक्रमलाई निरन्तरता दिएका छन् । आज आईतवार एक कार्यक्रम बिच दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा झाले रु. दुई हजारका दरले १५ जना छोरीलाई आर्थिक सहयोग गरेका छन् ।

छोरीको स्याहार सुसार गर्नको लागि, सामाजिक विभेद अन्त्यको लागि र छोरीको सम्मानको लागि यो कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष झाले बताए । वडा अध्यक्ष झाले भने “छोरी संरक्षण” कार्यक्रमबाट छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आएको छ । छोरी बोझ होइन, तिनालाई सम्मान गर्नुपर्छ र समयानुसार दक्ष एवं शिक्षित बनाउँदै लैजानुपर्छ भन्ने धारणाको विकास हुनु नै कार्यक्रमको सफलता भएको वडा अध्यक्ष झाको ठहर छ ।

वडा अध्यक्ष झाले २०७८ असोज १२ गते मंगलवारका दिन “छोरी संरक्षण कार्यक्रमको सुरुवात गरेका थिए । दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मा जन्मिने सम्पुर्ण छोरीलाइ “छोरी संरक्षण कार्यक्रम” अन्तर्गत रु. २ हजार दिने वडा अध्यक्ष झाले घोषणा गरेका थिए । साथै वडा अध्यक्ष झाले आफ्नो व्यक्तिगत सहयोगमा यस्ता अनेकौं अभियान तथा कार्यक्रमहरु संचालन गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय