गोडैता नगरपालिका वार्ड न.२ मा माओवादी केन्द्र का अजय साह भारी मत अन्तरले विजयी

पछिल्लाे समाचार

सर्लाही, २ जेठ।। सर्लाहीको गोडैता नगरपालिका वार्ड न.२ मा माओवादी केन्द्र का वडाअध्यक्ष उम्मेदवार अजय प्रसाद साह भारी मतले विजयी भएको छ ।

साहले आफनो निकटतम प्रतिद्वन्दी लोसपाका नवलकिशोर महतोलाई २६४ मतको भारी अन्तरले पछि पार्दै विजयी भएका हुन ।

माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार साह १०११ मत, लोसपाका उम्मेदवार नवल किशोर महतो ७४७, नेपाली कांग्रेसका सुनिल कुशवाहा ६००, नेकपा एमाले का राकेश कुशवाहा २८, जनमत पार्टीका अनिल कुशवाहा २३ र बहुजन एकता पार्टी नेपालका धर्मेन्द्र पासवानले ४१ मत प्राप्त गरेका हुन ।

वार्ड न.२ मा कुल मतदाता संख्या ३१७९ रहेका छन, भने कुल २५३९ मत खसेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय