नीमको पातको उपयोगिता

निमको पातको उपयोगिता आयुर्वेदिक क्षेत्रमा ज्यादै छ । नीमको पात, जरा, डाठ, फल सबै कुरा स्वास्थ्यको लागि ज्यादै उपयोगि मानिन्छ । गरिवहरूका लागि नीम कल्पबृक्षसरह हो भन्दा फरक पर्दैन । नीमको उपयोगितालाई निम्न बमोजिम प्रस्तुत गर्न खोजिएको छ ।
१ः जड :
नीमको पातलाई पानीमा राखेर उमालि सकेपछि उक्त उमालेको पानी खानाले ज्वरो निको हुन्छ ।
२ः छाल:
नीमको पात र तुलसीको पात पकाएर लगाउनाले दादको रोग पनि निको हुन्छ । छाला सम्बन्धि जे जति रोगहरू छन् ती सबै निको भएर जान्छन् । नीमको पात पकाएर स्नान गर्नाले आनन्दको अनुभूति हुन्छ । सुख्खा छालामा नीमको पानी लगाउनाले छाला मुलायम हुन्छ । नीमले दांत मालिस गर्दा दांत राम्रो हुन्छ । दांतमा हुने पायरिया नामक रोगबाट बचाउनका लागि नीमको डाठ प्रयोग गर्नाले पायरिया नामक रोग निको हुन्छ । धेरै पुराना रोगहरू पनि नीमबाट निको हुन्छ ।
३ः दतिवन :
नीमको डाठबाट दैनिक रूपमा दात सफा गर्दा दाँतमा लाग्ने रोग कम हुनुका साथै बाहिरी आवरण पनि राम्रो हुन्छ । यसबाट दाँत मजबुत हुन्छ । पायरिया तथा बाहिरी आवरण राम्रो पार्दछ ।
४ः पात :
चैत महिनामा नीमको कलिलो पात नियमितरूपमा खानाले रगतमा शुद्वता आउँदछ । मलेरिया ज्वरो पनि आउँदैन । दिनमा सूर्यको किरणले गर्दा अक्सिजन छोड्दछ । हावा शुद्व बनाउँछ । गर्मी मौसममा नीमको रूखमुनी बस्नाले शितलता प्रदान गर्दछ । जस्ले गर्दा शरीर निरोगी हुन्छ । नीमको पातको धुलोमा ज्वानु र सख्खर मिलाएर खानाले पेटसम्बन्धि रोग निको हुन्छ । गाई, भैसीको बच्चाको पेटमा नीमको पात पिसेर लगाउनाले धेरै रोगहरु निको हुन्छ ।

नीमको पातलाई पानीमा उमालेर घाऊ धुनाले घाऊ निको हुन्छ । घाउमा भएका जीवाणुहरू सबै मरेर जान्छन् । गन्हाउने घाऊमा पनि कमि आउंदछ । नीमको रसबाट स्नान गर्नाले लुतो जस्तो रोग पनि निको भएर जान्छ । नीमको रस शरीरमा लगाउनाले आरामको अनुभव हुन जान्छ । नीमको २ चम्चा रसमा २ चम्चा सख्खरको रस मिलाएर खानाले पिलिदा नामक रोगमा पनि कमि आउँदछ । नीमको रसमा मिश्रि मिलाएर खानाले पेचिसये नामक रोगबाट बच्न सकिन्छ । एक कप पानीमा २–३ नीमको पात उमालेर खानाले लाभ नै हुन पुग्दछ ।

नीमको उपयोगिता :
धान, मकै, गहुँमा नीमको पात राख्नाले घुन, पुतली लाग्दैन । साथै किताब, कापी बचाउनका लागि पनि नीमको पात राख्न सकिन्छ । नीमको रस घरमा छर्कनाले मच्छड पनि भाग्दछ । जमीनमा हुने धमिरालाई पनि भगाउन सकिन्छ । नीमको फल खानाले पेटसम्बन्धि सबै रोग हटाउँदछ । नीमको फूललाई जलाएर गाजल पनि बनाउन पनि सकिन्छ ।

निवोरियाः
निमको पातको फललाई निवोरिया भनिन्छ । निवोरियाबाट नै तेल निकाल्न सकिन्छ । विभिन्न रोगबाट हटाउनको लागि यसको तेल प्रयोग गर्न सकिन्छ । पोलेको ठाउँमा निमको तेल लगाउनाले घाऊ चाडै निको हुन्छ । नीमको तेलबाट सावुन पनि बनाउन सकिन्छ । निमको साबुनबाट चर्म रोग, घाऊका लागि अति उपयोगी हुन्छ । तेल निकालेको छोक्रा बोट बिरूवाको लागि अति उपयोगि हुन्छ । बोट विरूवाको लागि यूरिया, डि.ए.पी भन्दा बढी उपयोगि हुन्छ । विभिन्न किसिमका किटाणु मार्नका लागि यसको प्रयोग गर्न सकिन्छ ।

नीमको रसको उपयोगिता :
नीमका ठूलाठूला रूखबाट एक किसिमको तरल पदार्थ निस्कन्छ । जसलाई मद भनिन्छ । रूवाको बत्ति बनाएर मदमा भिजाएर धेरै दिनसम्म घाममा सुकाउन सकिन्छ । सुकिसकेपछि संस्र्यूको तेल लगाए पछि दियामा राखेर बत्ति बाल्न सकिन्छ । गाजल बनाएर पनि लगाउन सकिन्छ ।

यसबाट बनाइएको गाजलले आंखाको ज्योति राम्रो बनाउन सहयोग गर्दछ । यस्तो गाजल साह्रै राम्रो हुन्छ । नीमको दाउरामा धमिरा लाग्दैन । दराजहरूमा पनि यसको तेल प्रयोग गर्न सकिन्छ । नाक, कान छेड्नुभन्दा पहिला पनि नीमको तेल लगाउनु पर्दछ । छेडिसकेपछि पनि ३÷४ हप्तासम्म नीमको तेल लगाउनाले घाऊ चाडै निको हुन्छ । जीवाणु घाऊसम्म जान सक्दैन ।

गुणकारी मूला :
आजकाल मानिसहरू अस्पतालको औषधिमा बढी विश्वास गर्दछन् । कुन सागपातले कति फाइदा गर्दछ । त्यस सम्बन्धमा सोच्ने समय उनीहरूमा छैन । त्यस्ता सागसब्जिहरूले हामीलाई फाइदा पुर्याइ नै रहेको छ । जस्ले विभिन्न रोगहरुबाट बचाउन सक्दछ । विभिन्न सागसब्जिहरूमध्ये मूला पनि एक हो । मूलामा विशेष गरि प्रोटिन, क्याल्सियम, आयोडिन, फलामको तत्व प्रशस्त मात्रामा पाउन सकिन्छ । मूलामा सोडियम, फस्फोरस, म्याग्नेसियम पाउन सकिन्छ । मूलामा भिटामिन ए.बी.सी. पाइन्छ । मूलाको तत्वबाट उपयोगी खनिज पदार्थ पनि पाउन सकिन्छ । मूलाभन्दा मूलाको पात बढि उपयोगि सावित भएको छ । प्रायः हामी मूला खाएर पात फाल्दछौ । यस्तो कहिले पनि गर्न हुंदैन । मूलासहित पात दुवैथरि खानु पर्दछ । मोटा मूला प्रायः मानिसहरू मन पराउने हुन्छन् । मोटो मूला साह्रै मीठो हुन्छ । स्वास्थ्य तथा उपचारको आधारबाट साना पातला मूला ज्यादै उपयोगी हुन्छन् । बाथ, पित्त, कफ नाशकको रूपमा साना मूलाको भूमिका ज्यादै ठूलो हुन्छ । ठूला मूलाबाट स्वप्नदोष हुन्छ । मूला सेतो हुनु पर्दछ । सेतो मूला खानाले शरीरको आवरण राम्रो हुन्छ । मूला खानासंग खाए पनि हुन्छ, खानापछि मूला खांदा पनि स्वास्थ्यलाई राम्रो नै गर्छ । मूलाबाट पराठा, तरकारी, अचार बनाउन सकिन्छ । मूलाबाट स्वादिष्ट परिकारहरु बनाउन सकिन्छ । कांचो मूला खानु सबभन्दा राम्रो हुन्छ । खानासंग एउटा मूला खानाले विभिन्न रोगबाट बच्न सकिन्छ । मूला खाएपछि शरीरभित्रको बिषालु ग्यांस बाहिर फाली अक्सिजन भर्ने काम गर्दछ । मूला खानाले दाँत बलियो हुन्छ । मूलाले हड्डीलाई शतिm प्रदान गर्दछ । मूला खानाले थकाई लाग्दैन । मूला खानाले निद्रा राम्रोसंग लाग्दछ ।

शरीरभित्र भएका किराहरूलाई मूला खाएमा नष्ट गरिदिन्छ । पेटभित्रको घाऊलाई पनि मूला खाएमा घाऊ निको पार्न मद्दत गर्दछ । मूलाको रस बनाएर खानाले पिसावसम्बन्धि रोग हटाउँदछ । मोटो शरीर नियन्त्रण गर्न पनि मूला खानु अनिवार्य छ । मोटोपन हुनु भनेको शरिरमा कुनै रोग लाग्नुका लक्षणहरू हुन् । मूलाको रसमा नुन र निवुवाको रस मिलाएर खानाले मोटोपन घटेर जान्छ । शरीर राम्रो बनेर जानेछ । पानीमा मूलाको रस मिलाएर नियमितरूपमा खाइ स्नान गर्नाले टाउकाको जुम्रा, लिखा चांया सबै हराएर जान्छ । भिटामिन “ए” मूलामा बढी मात्रामा पाइने हुनाले आंखाको ज्योति बढाउनमा सहायक सिद्व हुनेछ । गर्भपतनबाट बचाउन मूलाको रस ज्यादै उपयोगि हुनेछ । मूलाबाट सौन्दर्य बढ्नमा सहयोग गर्दछ । रगतमा शुद्वता, शरीरको चायां रगत राम्रो बनाउँदछ । निवुवाको रसमा मूलाको रस मिलाएर आवरणमा लगाउनले सौन्दर्यता बढ्न गएको हामी पाउछौ ।

मूलाको बिजन झन् उपयोगी हुन्छ । मूलाको रसमा तिलको तेल हल्का तताएर कानमा हाल्नाले कान दुख्ने हराउँदछ । कानभित्र रहेका फोहोरहरु पनि बाहिर निस्कन मद्दत गर्दछ । हिकहिक आएको समयमा मूलाको पात खानाले हिकहिक आउन बन्द हुन्छ । मूला खानाले कस्ता किसिमका रोगहरू निको हुन्छन् तिनीहरूको विवरण निम्न बमोजिम रहेको छ ।
जस्तै :
(क) बबासिरको रोग निको हुन्छ । अदमोजको चुर्णमा मूलाको पात मिलाएर एक हप्तासम्म खानाले पेटभित्रको पत्थरी गलेर जान्छ । एक कप मुलाको रसमा १ चम्चा निवुवाको रस मिलाएर सेवन गर्नाले भोक बढेर जान्छ । पेटसम्बन्धि सबै रोग हटेर जान्छ । मूलाको रसमा अनारको रस मिलाएर पिउने गर्नाले होमोग्लोविन बढेर जान्छ । रक्त अल्पताको रोग पनि हराएर जान्छ । सुकेको मूलाको काढा बनाएर जीरा र नुन मिसाई पिउनाले खोकी दम कम हुन्छ ।
: समाप्त :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here