सहकारी संस्था राजश्रीको २१ औं बार्षिक साधारण सभा सम्पन्न

संस्थाले पहिलो पटक रु १२ करोड ३७ लाख ७२ हजार ६९१ नाफा गर्न सफल भएको छ ।

पछिल्लाे समाचार

राधेश्याम कुशवाहा, १४ पुष सर्लाही ।। सर्लाहीमा संचालित प्रदेश २ कै ठूलो सहकारी संस्था राजश्रीको २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सर्लाहीको मंलगवा स्थित जानकी होटेल तथा पार्टी पैलेसमा संस्थाको अध्यक्ष नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

२१ बर्षअघि अगाडी दर्ता भई शेयर पूजी रु २५ हजारबाट कार्य संचालन सुरु गरेको संस्थाको हाल कुल शेयर पूजी रु ५२ करोड ७९ लाख २६ हजार पुगेको छ । प्रधान कार्यल मलंगवा सर्लाही रहेको संस्थाले कार्यलय प्रयोजनका लागि सेवा केन्द्र ईनरुवा, सुनसरी र सेवा केन्द्र मिर्चैया, सिरहामा खरिद गरिएको जग्गामा भवन निमार्ण गरी आफनै सुविधा सम्पन्न भवनबाट कार्यलय संचालन गर्दै आएको छ ।

सेवा केन्द्र रौतहटको गौर, सुनसरीको ईटहरी र पर्साको विरगन्जमा समेत जग्गा खरिद गरिसकेकाले भविष्यमा आफनै भवन निमार्ण गरी कार्यलय संचालन गर्ने सोच रहेको र बाँकी सेवा केन्द्रहरुमा पनि जग्गा खरिद गरी भवन निर्माण गर्ने लक्ष्य रहेको सहकारीले जनाएको छ ।

सर्लाही सिरहा, सुनसरी, धनुषा र महोतरी गरी ५ वटै जिल्लाको विभिन्न ठाउँहरुमा संस्थाले आपनै भवनबाट कार्यलय संचालन गर्दै आएको छ । कार्यक्रममा लेखा संयोजक रामबाबु प्रसाद साह समितिले पेस गरेको आर्थिक बर्ष २०७७÷०७८ बार्षिक प्रतिवेदनमा संस्थाको निक्षेप लगानी रु ११ अर्ब ९४ करोड ७३ लाख ६१ हजार र ऋण लगानी रु ८ अर्ब ७१ करोड १२ लाख ३९ हजार रहेका छन, भने संस्थाले पहिलो पटक रु १२ करोड ३७ लाख ७२ हजार ६९१ नाफा गर्न सफल भएको जनाएको छ ।

संस्थाले बार्षिक साधारण सभाको अवसरमा मलंगवा, सर्लाहीका ३ जना सर्वाेकृष्ट फिल्ड कर्मचारीहरु, असल ऋणी तथा सम्पूर्ण सेवा केन्द्रहरु मध्येमा समेत सबैभन्दा निक्षेप संकलन गर्ने ३ जना सर्वाेकृष्ट फिल्ड कार्यकर्ता सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ । सम्मानित हुनेमा मंलगवा, सर्लाहीबाट खुशिलाल राय, सतिश कुमार मल्लिक र संतोष कुमार साह फिल्ड कर्मचारी रहेका छन, भने सबै सेवा केन्द्रहरुमा सबैभन्दा बढी निक्षेप संकलन गरेका सुनिल कुमार सिंह, खुशिलाल राय र राजेश कुमार पासवान रहेका छन । संस्थाको प्रमुख अतिथिको हातबाट सबै अतिथिहरुलाई सम्मानस्वरुप मायाको चिनो समेत प्रदान गरिएको थियो ।

सुबोध हरि राज उपाध्याय ले संचालन गरेको कार्यक्रममा संस्थाको प्रमुख अतिथि पुर्व सांसद रामचन्द्र रायद्वारा दिपप्रज्वलन र संस्थाको प्रबन्धक निर्देशक लक्ष्मण रायको स्वागत मन्तव्यबाट कार्यक्रमको औपचारिक सुरुवात भएको थियो, भने अतिथिहरुको स्वागतका लागि जेसिस माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्वागत नृत्य गरेका थिए । संस्थाको अध्यक्ष नागेन्द्र प्रसाद यादवको हातबाट स्वागत नृत्य प्रस्तुत गरेका विद्यार्थीहरुलाई सम्मानस्वरुप २६ हजार ५ सय नगद समेत प्रदान गरिएको छ ।

कार्यक्रममा मुख्य प्रबन्धक राजनहरी श्रेष्ठ, लेखा सदस्य मोहन श्रेष्ठ, अरुण कुवर, उपाध्यक्ष सत्यनारायण अग्रवाल विशिष्ट अतिथि प्रदेश २ का दलित आयोगका अध्यक्ष रामप्रवेश बैठा, पूर्व डिभिजन सहकारी कार्यलय प्रमुख सुरेन्द्र लाल कर्ण, संस्थाका कर्मचारीहरु, शेयर धनी, नागरिक समाज, बुद्वजिवि, स्थानिय राजनितिककर्मी लगायत संचारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय