छात्रवृत्ति रकम प्रदानले सर्लाहीका दलित बालबालिकामा पढाइ प्रति बढयो उत्साह

पछिल्लाे समाचार

सर्लाही, ११ पुष।। सर्लाहीमा दलित समुदायको अधिकारको क्षेत्रमा काम गर्ने सामाजिक संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीले प्रदान गर्दै आएको छात्रवृत्ति रकमबाट आफुहरुको  पढाइ प्रति थप उत्साह बढेको यहाँका विपन्न परिवारका दलित विद्यार्थीहरुले बताएका छन् । 

    उक्त संस्थाले अती विपन्न तथा ज्याला मजदुरीको काम गर्ने घरपरिवारका  दलित विद्यार्थीहरुको शिक्षामा पहुँच पुर्‍याउने उदेश्यले सन् 1992 देखि सेभ द चिल्ड्रेन सँगको साझेदारीमा संचालित छात्रवृति कार्यक्रम अन्तर्गत दलित समुदाय भित्र पर्ने सर्लाहीका १ सय दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वापतको रकम प्रदान गर्दै आइरहेको छ ।संस्थाले  उक्त रकम  प्रत्येक त्रैमासिक रुपमा आधारभुत तह अन्तर्गत विशेष लक्षित वर्गका लाई  ४ सय,अति जोखिम उच्च माध्यमिक तहलाई १४ सय,माध्यमिक तहलाई  ५ सय त्यस्तै उच्च मावि तह अन्तर्गत विशेष लक्षित वर्गकालाई १२ सय , प्राविधिक तह रोल मोडेललाई २ हजार र स्नातकोत्तर तहकालाई २५ सयका दरले प्रती विद्यार्थी छात्रवृत्ति  वितरण गर्दै  आएको छ ।

   छात्रवृत्ति बापत पाएको रकम शैक्षिक सामाग्री तथा पोषाक खरिद गर्नेदेखि टिउसन शुल्क तिर्नमा खर्च गर्ने गरेको छात्रवृत्ति पाउँदै आएका विद्यार्थीहरुले बताएका छन् ।यसबाट आफुहरुलाई पढाइमा धेरैनै सहयोग मिलेको साथै अभिभावकको काँधबाट आर्थिक भार समेत कम भएको उनीहरूले भने ।

     नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नीति अनुसार विद्यार्थीहरुलाई वितरण गरिदै आएको छात्रवृत्ति रकमको सदुपयोग, शैक्षिक प्रगति ,विद्यालय नियमितता , विद्यार्थीको पारिवारिक शैक्षिक अवस्थाको विषयमा नियमित अनुगमन र घरभेट गर्नुपर्ने भएकोले संघका जिल्ला अध्यक्ष राजेश पासवानको नेतृत्वमा जिल्ला शिक्षा विकास समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सोभित साह,मानव अधिकार रक्षक संजालका महासचिव शुन्दर श्याम राय र राष्ट्रिय लोकतन्त्र दैनिकका सम्पादक एवं   मनोज यादव सहितको टोलीले गोडेता नगरपालिकाको सिमरा भगवतीपुर ,बकैनिया, ब्रहमपुरी गाउँपालिकाको पडरिया ,चन्द्रनगर गाउँपालिकाको कामद , कबिलासी नगरपालिकाको र कबिलासीमा  अनुगमन गरि विद्यार्थीहरुको  अवस्थाको बारेमा जानकारी लिएका छन् ।

छात्रवृत्ति स्वरुप प्राप्त गरेकोे  रकमबाट दलित विद्यार्थीहरुले विद्यालय पोशाक ,शैक्षिक सामाग्री खरिद,टिउसन शुल्क ,व्यक्तिगत सरसफाइ लगायतमा खर्च गर्ने गरेको अनुगमन टोलीले निष्कर्ष निकालेका छन् ।संस्थाले वितरण गरेको  छात्रवृत्ति रकमबाट सर्लाहीका अधिकांश दलित विद्यार्थीहरु अहिले कुनै न कुनै जागिर तथा पेसामा आबद्ध रहेको जिल्ला कार्यक्रम अधिकृत गोविन्द कुमार पासवानले बताए ।

   अनुगमनकै क्रममा विद्यार्थीहरुलाई उनीहरूले अध्यन गर्ने विद्यालय र घरमै गएर छात्रवृत्ति रकम वितरण गरेका छन् ।जम्मा  २ लाख १५ हजार १ सय रुपैया त्रैमासिक रकम वितरण गरिएको कार्यक्रम अधिकृत पासवानले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय