कर्मचारी मिलन केन्द्रले २ करोडको लागतमा आफनै भवन निर्माण गर्ने

पछिल्लाे समाचार

२९ चैत्र सर्लाही ।।
कर्मचारी मिलन केन्द्र, सर्लाहीले २ करोडको लागतमा आफनै सुविधा सम्पन्न सभा कक्ष सहितको कार्यालय भवन र अतिथि गृह निर्माण गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, सर्लाहीको सभाहलमा केन्द्रका अध्यक्ष रामदरेश राय यादवको अध्यक्षता बसेको बैठकले केन्द्रका नाममा मलंगवा नगरपालिका वाड नं.–८ मालपोत कार्यालयको उत्तर पट्टी रहेको सिट नं. १६९÷०८८६÷१८ कित्ता नं. २६ क्षेत्रफल ०–१–१० धुर जग्गामा आफ्नै भवन निर्माण गर्ने निर्णय गरिएको छ ।

आधुनिक डिजाइनको प्रस्तावित भवन करिव २ करोड लागतमा बन्ने अनुमान गरिएको छ । भवन निर्माणको लागि सम्बन्धित निकायमा प्रस्ताव गर्ने मिलन केन्द्रका सचिव सुनिल कुशवाहाले बताए । उनले केन्द्रलाई केन्द्रका सल्लाहकार, संरक्षक एवं शुभेच्छुकहरूको रचनात्मक सहयोग, सकारात्मक सुझाव र सहकार्यलाई मिलन केन्द्रले आत्मसात गर्दै सबै राष्ट्रसेवकको आशा र भरोसाको केन्द्रको रूपमा विकास गर्दै लैजाने योजना रहेको बताए ।

त्यसैगरी मिलन केन्द्रले निरन्तर रूपमा सरूवा भई आउने सबै राष्ट्रसेवकलाई स्वागत र सरूवा भर्ई जाने राष्ट्रसेवकलाई फेरी भेटौंला कार्यक्रम मार्फत मायाको चिनो सहित विदाई तथा सेवानिवृत राष्ट्रसेवकलाई कदर पत्र र दोसल्ला ओढाएर विदाई गर्ने निर्णय गरेको बताए ।

मिलन केन्द्रले आफ्नो वार्षिक योजना तथा कार्यक्रम सहितको यही आउँदो २०७९ सालको भित्ते पात्रो प्रकाशन, खाताधारी परिवर्तन र बलरा बहुउद्देश्यीय प्राविधिक शिक्षालयका प्रमुख निरज चौधरीलाई आमन्त्रित सदस्य तथा सरूवा भई जान लागेका केन्द्रका सदस्य रमेश पोखरेलको ठाउँमा अनन्त न्यौपानेलाई सदस्यमा मनोनयन गरेको छ ।

बैठकमा कर्मचारी मिलन केन्द्र, सर्लाहीको मिति २०७८ फाल्गुन २८ गतेको साधारण सभाबाट नव गठित कार्य समितिका पदाधिकारीहरूलाई प्रमाण–पत्र हस्तान्तरण गरेको छ ।

बैठकमा मन्तव्य राख्दै प्रहरी उपरीक्षक प्रवीण पोखरेलले शान्ति सुरक्षा सम्बन्धी विषयमा रचनात्मक सहयोग र सकारात्मक सहकार्य गर्न राष्ट्रसेवक कर्मचारीसँग अनुरोध गरे ।

केन्द्रका सल्लाहकार सहसचिव विशाल घिमिरेले नव गठित कार्य समितिलाई मिलन केन्द्रको कार्य सम्पादक गर्न प्राविधिक तथा प्राज्ञिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मिलन केन्द्रले आफ्नै कार्यालय भवन निर्माण गर्नका लागि गरेको निर्णय ऐतिहासिक भएको भन्दै मिलन केन्द्रको सम्बर्द्धन र विकासमा कोसे ढुंगा सावित हुने केन्द्रका संरक्षक÷ प्रजिअ थानेश्वर गौतमले भने । उनले भवन निर्माणसँगै केन्द्रले थप गति लिने बताए ।

मिलन केन्द्र अध्यक्ष रामदरेश राय यादवले मिलन केन्द्रलाई कर्मचारीहरूको मिलन विन्दु बनाउने बताए । उनले मिलन केन्द्रले राष्ट्रसेवक कर्मचारीको पेशागत हकहितका लागि थप रचनात्मक कार्य गर्ने बताए । यस पवित्र कार्यका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्दै आफनै कार्यकालमा भवन निर्माण गरिने प्रतिबद्वता गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय