चितवननाट एमएनओ ड्यास गोपाल गुरुङका संघीय र प्रदेश प्रमुखलाई आफ्नै कार्यकर्ताहरुले लखटिए

पछिल्लाे समाचार

चितवन

मंगोल नेशनल अर्गनाइजेशन ड्यास गोपाल गुरुङका दुई जना नेताहरुलाई चितवनबाट लखटिएका छन । गत शनिबार पाचौं महाधिवेशन सम्पन्न गरी गुटबन्दीको राजनीति गर्न चितवन आएका संघीय सदस्य नरेन्द्र थुलुङ राई र प्रदेश १ का प्रमुख नयन्द्र चाम्लिङ राईमाथि आरोप लगाएका छन ।हालै निर्वाचित प्रेसिडेन्ट वीरलाल वालाहाङले संगठनमा भएको बिबाद मिलाउने प्रयास नगरी गुटबन्दी गर्न आफ्नो दुत चितवन पठाएको आरोप लगाई असन्तुष्ट चितवनका कार्यकर्ताहरुले उनिहरुलाई भरतपुर चौबिसकोटीस्थित ब्यम्बो कटेजबाट संगठनको लखटिएको हो ।पछिल्लो समय मंगोल नेशनल अर्गनाइजेशन ड्यास गोपाल गुरुङ संगठनको नेतृत्वप्रति देशबिदेशका नेताकार्यकर्ता र समर्थकहरु रुष्ट छन । यहि सन्दर्भमा रुष्ट चितवनका नेताकार्यकर्ताहरुलाई आफ्नो गुटबन्दीमा पार्न आएका ती नेताहरुलाई संगठनका नेतृत्वहरुले नीति नियम र बिधिबिधान अनुसार नेतृत्वकर्ताहरु चल्नु पर्नेमा उल्टै चितवन जिल्लामा आएर संगठनको बिधान बिपरित कार्यकर्ताहरुलाई गुटबन्दी गर्न आएको आरोप लगाई लखटिएका बताएका छन ।कार्यकर्ताहरुले संगठनका संघीय नेताहरु बागमति प्रदेशका प्रमुख र जिल्ला अध्यक्षलाई कुनैपनि जानकारी नदिई गुटबन्दीको राजनीति गर्न चितवन नआउन चेतावनीसमेत दिइएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय