गोडैता वार्ड न.१ मा माओवादीका सुजित महतो विजयी

पछिल्लाे समाचार

सर्लाही, १ जेठ।।सर्लाहीको गोडैता नगरपालिका वार्ड न.१ मा माओवादी केन्द्र ले विजयी सुरुवात गरेको हो ।

माओवादी केन्द्रका उम्मेदवार सुजित कुमार महतो आफनो प्रतिद्वन्दी नेपाली काँग्रेसका रामबाबु राय यादव लाई ८० मतको भारी मत अन्तरले पछि पार्दै विजयी हासिल गरेका हुन ।

विजेता सुजित महतोले ३०८ मत प्राप्त गरेका छन, भने निजको प्रतिद्वन्दी रामबाबु रायले २२३ मत प्राप्त गरेका छन । त्यस्तै बहुजन एकता पार्टी नेपालका उम्मेदवार दशई हजारी १८ मत, नेपाल कम्युनिस्ट पार्टी एमालेका दिपेन्द्र राय यादव १९७, लोकतान्त्रिक समाजवादी पार्टीका रमेश कुमार यादव १७५ मत प्राप्त गरेका छन ।

वार्ड न. १ मा जम्मा मतदाता संख्या११६३ रहेकोमा ९४७ मत खसेका रहेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय