गोडैता वार्ड न.१२ लोसपा का गुड्डु यादव भारी मतले विजयी ।।

पछिल्लाे समाचार

सर्लाही,१ जेठ ।।गोडैता नगरपालिका वार्ड न.१२ मधुवनीमा लोकतान्त्रिक समाजवादी पार्टीका गुड्डु यादव भनिने केशव कुमार आफनो प्रतिद्वन्दीबाट २८१ मतको फराकिलो अन्तरले विजयी भएको छ ।

लोसपा पार्टीका उम्मेदवार यादव ७५८ मत प्राप्त गरेका छन, भने निजका प्रतिद्वन्दी जनमत पार्टीका उम्मेदवार आनन्द बर्दन सिंह ४७७ मत प्राप्त गरेका छन ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका कामेश्वर पासवान १६, माओवादी केन्द्र का रामप्रवेश सिंह २८, जसपाका योगेन्द्र महतो कोईरी २०, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीका प्रमोद महतो ५, नेपाली काग्रेसका सम्भुनारायण प्रसाद कुशवाहा ३७२ मत प्राप्त गरेका छन ।

वार्ड न.१२ मा कुल मतदाता संख्या २३६२ रहेका छन, भने कुल खसेका मत १७५३ रहेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय