चन्द्रनगर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार २७१ को भारी मत अन्तरले विजयी

पछिल्लाे समाचार


सर्लाही,०१ जेठ ।।सर्लाहीको चन्द्रनगर गाउँपालिका स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । वार्ड न.१ मा नेपाली कांग्रेसका उम्मेदवार रामेश्वर प्रसाद महतोले आफनो प्रतिद्वन्दी लोसपाका सुशील रायलाई २७१ भारी मत अन्तरले पछि पार्दै पुरै प्यानल विजयी भएका हुन ।

नेपाली कांग्रेसका उम्मेदवार महतोले ६४६ मत प्राप्त गरेका छन, भने निजका प्रतिद्वन्दी लोसपाका सुशील राय ३७१ मत प्राप्त गरेका हुन ।

गापा अध्यक्ष पदको लागि वडा १ मा जम्मा खसेको २३०० मत मध्ये नेपाली काङ्ग्रेस ७८० , लोसपा ३५७, माओवादी२९७ र जसपाले १९५ मत प्राप्त गरेको हो भने उपाध्यक्ष पदको लागि नेपाली काङ्ग्रेस ५८४, माओवादी३८५, लोसपा ३४९ र जसपाले २११ मत प्राप्त गरेको हो । गाउँपालिकामा जम्मा १८८८४ मतदाता रहेकोमा १४३१५ कुल मत खसेको रहेछ।

spot_imgspot_img
spot_img

लोकप्रिय