सर्लाहीको कौडेना गाउँपालिका गापा अध्यक्षमा रुपेश यादव भारी मतले निर्वाचित ।।

पछिल्लाे समाचार


राधेश्याम कुशवाहा, ३ जेठ सर्लाही।। सर्लाहीको कौडेना गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रुपेश यादव उर्फ बबलु गापा अध्यक्षमा निर्वाचित भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार यादवले आफनो निकटम प्रतिद्वन्दी जसपाका राजिनन्दन प्रसाद चौधरीलाई २८०० मतको फराकिलो अन्तरले पछि पार्दै विजयी भएका हुन ।

अहिले भरखरै सम्पन्न मतगणानाको परिणाम अनुसार गाउँपालिका अध्यक्षमा रुपेश कुमारले ५२८१ मत प्राप्त गरी निर्वाचित भएको छ भने उनको निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदरवार राजिनन्दन प्रसाद चौधरीले २४८१ मत प्राप्त गरेको कौडैना गाउँपालिकाका निर्वाचन अधिकृत विश्वनाथ अर्यालले जानकारी दिए ।

त्यस्तै उपप्रमुखमा नगिना देवीले ४९६३ मत प्राप्त गरी निर्वाचित भईन भने उनको निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदरवार पलवी देवी यादवले २६६२ मत प्राप्त गरिन।

कौडेना गाउँपालिकामा ७ वटा वडा रहेको छ। जसमध्ये वडा नं. १, २,४ र ५ मा नेपाली कांग्रेस वडाअध्यक्ष उम्मेदवार क्रमश राजेश पटेल, रामदरेश ठाकुर, रामविश्वास राय र अनिसा खातुन, वडा नं. ३ मा जनता समाजवादी पार्टी पच्चु चौधरी, वार्ड न. ६ मा माओवादी केन्द्रका राम उमेश राय र ७ मा राप्रपाका विजय प्रसाद यादव विजयी भएका हुन ।

नेपालका वडा अध्यक्षहरु निर्वाचित भएको छ । यो सँगै सर्लाहीमा नेपाली कांग्रेसले भने तिन वटा गाउँपालिका र एउटा नगरपालिका गरी ४ पालिका जितेको छ भने माओवादी केन्द्रले एउटा गाउँपालिका र नगरपालिका गरी २ पालिका जितेको छ । सर्लाहीमा अहिले सम्म भने अन्य पार्टीले कुनै पनि पालिकामा खाता खोल्न सकेका छैन ।

spot_imgspot_img
spot_img

लोकप्रिय