क्षेत्रका मतदाताले देखाउनु भएकाे साथले उत्साहित छु : उमेदवार मिर्जा राशिद

पछिल्लाे समाचार

कपिलवस्तु २८ कार्तिक

कपिलवस्तु जिल्लाको क्षेत्र नं ३(२) का प्रदेश सभा सदस्यका उम्मेदवार मिर्जा राशिद बेगले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन् । निर्वाचनको मिति नजिकिदै गएसँगै उनले कोणसभा, आमसभा, घरदैलो लगायतका कार्यक्रमलाई तिव्रता दिएका हुन्
सोही क्रममा मिर्जा राशिदले क्षेत्रमा जनता संग प्रत्यक्ष भेटन व्यस्त रहेका छन्। कोण सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्यका उम्मेदवार बेगले आफुलाई मतदान गर्न आग्रह गरेका छन् ।

जनता प्रगतिशील पार्टीका प्रदेश सभा सदस्य पदका
उम्मेदवार बेगले आफुले जिते यस क्षेत्रको कायापलट गर्ने दावी गरेका छन् । आफू क्षेत्रमा जनता संग भेटदा कोदालो बोकेको किसानमा मतदान गर्न जनता उत्साहित रहेको बताएका छन।

यस क्षेत्रमा अँझै पनि आवश्यक पूर्वाधारको अभाव रहेको गुनासो गर्दै स्थानीयले ति समस्याहरुको सम्बोधनका लागि पहल गरिदिन पनि आग्रह गरेका थिए । स्थानीयको गुनासो तथा समस्याहरु सुन्दै मिर्जा राशिद आफुले सबै समस्याको सम्बोधन गरेर विकासको लहर ल्याउने दृढता व्यक्त गरेका छन् ।
उहाँ चुनाव प्रचार प्रसारमा पार्टी समर्थक संगै क्षेत्रका जनताले साथ दिइ रहेकाले समेत आफू जीते जनताको जीत हुने बताए l

spot_imgspot_img
spot_img

लोकप्रिय