इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएक आनन्द साहको अन्त्येष्टि गरियो

पछिल्लाे समाचार

१९ कार्तिक, जनकपुरधाम – इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको अन्त्येष्टि गरिएको छ।आनन्दको शव नेपाली सेनाको विशेष विमानबाट शनिबार अपराह्न जनकपुरधाम ल्याइएको थियो। नेपाली सेनाकै टोलीले स्कर्टिङ गरेर आनन्दको शवलाई विमानस्थलदेखि उनको घर सपही लगेको थियो।

इजरायलबाट शुक्रबार नै शव आइपुग्ने तय भए पनि आज बिहान ९ आउने भनिएको थियो तर जाजरकोटमा गएको भूकम्पमा नेपाली सेनाको टोली उद्धारमा खटिँदा उनको शव आउन ढिलाइ भएको थियो। आनन्दलाई बुवाले दागबत्ती दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय