नेपाल आयल निगमद्वारा भूकम्प प्रभावित क्षेत्रमा हवाई इन्धन निःशुल्क

पछिल्लाे समाचार

१९ कार्तिक ,काठमाडौँ: नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ ।नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग गरिएको इन्धनबापतको रकम आर्थिक वर्ष २०८० र ०८१ को संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कोषबाट निगमले बेहोर्ने निर्णय भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिएका छन् ।

त्यस्तै गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले पश्चिम नेपालमा भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। शुक्रवार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ रिक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा १ सय बढीको मृत्यु भइसकेको छ ।एनआरएनएका अध्यक्ष आरके शर्मा र महासचिव बुद्धि सागर सुवेदीले शनिवार साँझतिर एक विज्ञप्ति जारी गर्दै भूकम्पपछि भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय