नगरप्रमुखको प्रतिबद्धता अनुसार ५०८ जना विद्यार्थीलाई विद्यालय पोशाक बितरण 

पछिल्लाे समाचार

०९ असोज ।सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलियामा रहेको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियामा पोशाक बितरण कार्यक्रम सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलिमा अध्यनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई शुक्रवार पोशाक बितरण गर्नुभएको छ ।

विद्यार्थीलाई पोशाक बितरण गर्दै वडाध्यक्ष चौधरी

पोसाक वितरण कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले कपडा अभावमा पढाइमा वञ्चित हुन नपरोस् भन्ने अभिप्रायले पोसाक वितरण गरिएको बताउनुभयो। विद्यालयमा अध्ययनका लागि आउने छात्रछात्राहरू समान भएको देखाउने विद्यालय पोसाक भएको बताउनुहुँदै नगरप्रमुख पैडेलले भन्नुभयो, “विद्यालयमा जात, जाति, धनी वा गरिब कोही नभई अध्ययनको लागि आउने सम्पूर्ण विद्यार्थी भएकोले सो को अनुभूति पोसाकले नै गर्ने कारण यो वितरण गरिएको हो ।”

पोशाक बितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष चौधरी

नि:शुल्क पोशाक बितरण कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका-५ का वडाध्यक्ष दिपेन्द्र चौधरीले शिक्षाको गुणस्तरीयताको लागि वडास्तरबाट काम भइरहेको बताउनुभयो । यस कार्यको लागि शिक्षक, अभिभावक तथा नगरपालिकाबाट अपेक्षित सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।उहाँले नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यायलय बकुकियामा कक्षा १ देखि ५ सम्म अध्यनरत रहेका विद्यार्थीलाई वडाको तर्फ बाट न्यानो कपडा ट्र्याकसूट उपलब्ध गराउने घोषणा समेत गर्नुभयो।

पोशाक बितरण गर्दै नगरप्रमुख राजन पौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले निर्वाचित भएको बेला सपथ लिने बेला सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई नि:शुल्क पोशाक बितरण गर्ने प्रतिबद्धता अनुसार नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियामा कक्षा १ देखि ५ सम्म अध्यनरत ५०८ जना विद्यार्थीलाई नि:शुल्क पोशाक बितरण गरिएको विद्यालयका प्रधानध्यापक धनन्जय गौतमले बताउनु भयो ।

पोशाक बितरण कार्यक्रममा सहभागी अभिभावकहरु

प्रत्येक विद्यार्थीलाई जीतपुरसिमरा उपमहानगरपालिकाले ९ सयको दरले पोशाकको लागि रकम उपलब्ध गराएकोले सोही रकम बाट पोशाक खरिद गरेर ५०८ जना विद्यार्थीलाई पोशाक बितरण गरिएको प्रधानध्यापक गौतमले बताउनुभयो ।उक्त पोशाक बितरण कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका सदस्य कृष्ण चौधरी,वडा सदस्य इन्दल पासवान लगाएत अभिभावखरुको उपस्थिति रहेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय