हिमाड्री फूड्स प्रालिका श्रमिकहरु बोनस रकम नपाए पछि उधोग परिषरमै बसे धर्नामा

पछिल्लाे समाचार

२० कार्तिक। सिमरा ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका -५ मा रहेको हिमाड्री फूड्स प्रालिको अस्थायी श्रमिकहरु धर्नामा बसेको छ ।अस्थायी श्रमिकहरुले तिहारमा पाउनु पर्ने बोनस रकम नपाए पछि धर्नामा बसेको छ ।उधोग र श्रमिकहरु बिच तिहार अगाडी नै २ महिनाको बोनस रकम पाउने सहमती भएको थियो तर एक महिनाको मात्र उधोगले बोनस श्रमिकलाई दिए पछि बाकी एक महिनाको बोनस रकम माग गर्दै अस्थायी श्रमिकहरु उधोग परिषर भित्रै धर्नामा बसेको छ ।

चाड पर्वको बेला उधोगले श्रमिकहरुलाई राखेर जेठ २९ गतेका दिन श्रम एन २०७४ को दफा ११६(२)बमोजिम ३ सदस्यीय सामुहिक बोनस माग दाबी पेश गरिएको तर हिमाड्री फूड्स प्रालिले सम्झौता अनुसार आफुहरुलाई बोनस दिन आनाकानी गरे पछि आफुहरु धर्नमा बसेको अस्थायी कामदार सारु राईले बताईन।उधोगमा १२ घण्टा सम्म आफ्नो पसिना बगाई उधोगको उन्नति प्रगती गराए पनि उधोगले बोनस दिन आनाकानी गरे पछि आफुहरु अहिले तिहारमा सापती लिएर काम चलाएको तर छठमा समेत उधोगले बोनस नदिने पछि अहिले आफुहरु आर्थिक समस्यामा परेको अर्का कमदार अञ्जली लामाले बताईन ।

हिमाड्री फूड्स प्रालिले दशै अगावै सबै तहका श्रमिकलाई बार्षिक २ महिना ६० दिन बराबरको अधारभूत पारिश्रमिक एक मुष्ट बितरण गर्ने सहमती गरे पनि श्रमिकलाई एक महिनाको मात्र बोनस उपलब्ध गराए पछि अहिले श्रमिकहरु काम बन्द गरेर धर्नामा बसेको छ ।यता हिमाड्री फोड्स प्रालिका प्रशासन शाखा प्रमुख सुनिता बरालले उधोगको अहिले उत्पादन बन्द भएको कारण उधोगले बाकी रहेको एक महिनाको बोनस उपलब्ध गराउने अवस्था अहिले नरहेकोले बोनस बितरणमा ढिलाई भएको बताईन।उधोगको उत्पादन सुरु भए पछि बाकी रहेको बोनस रकम श्रमिकलाई उपलब्ध गराउने उनले बताईन ।

उधोगको प्रशासन शाखा प्रमुख सुनिता बाराल

बाराको अधिकान्श उधोगले हरेक बर्ष आर्थिक मन्डीको बहाना देखाएर कहिले कर्मचारी कटौती गर्ने त कहिले कर्मचारीलाई तलब नदिने गरेको छ।उधोगको लागि ज्यान समेत जोखिममा राखेर काम गर्ने श्रमिकले समयमा तलब नपाए पछि बाध्य भएर धर्नामा बस्ने गरेको छ ।बारामा अहिले धेरै जसो उधोगले कामदारलाई काम बाट निकालेको छ भने धेरै उधोगले कामदारलाई दैनिक ज्यालादारीमा काममा खटाईरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय